नवीकरण शुल्क तिर्न नसक्दा हेलो नेपालको लाइसेन्स खारेज

Advertisement

काठमाडौं । अजेयराज सुमार्गीको लगानी रहेको नेपाल स्याटेलाइट कम्पनीको लाइसेन्स खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले उक्त लाइसेन्स खारेज भएको जानकारी दिएको हो । 

हालसम्म नेपाल स्याटेलाइट कम्पनीको हेलो नेपाल ब्राण्डमा मोबाइल सेवा सञ्चालित थियो । एनटीएका प्रवक्ता सन्तोष पौडेलले कर्पोरेट नेपालसँग भने, ‘नवीकरण गर्दा लाग्ने शुल्क नतिरेपछि लाइसेन्स नै खारेज भएको हो ।’ कम्पनीले करिब ८० करोड रूपियाँ बक्यौता बापत तिर्न बाँकी थियो । कम्पनीले सोही रकम तिर्न आँलटाल गर्दै आएको एनटीएले बताएको छ । 

Advertisement


 
 

Advertisement

Advertisement