दूरदराजमा सेवा पुर्याउँदै नेपाल टेलिकम, चालु आवमै आठ विकट स्थानमा टुजी र फोरजी सेवा

Advertisement

काठमाडौं । नेपाल टेलिकमले दूर सञ्चार र सूचना प्रविधिको पहुँच बिस्ताकालागि दशकौ अघिदेखि देशका दूरदराजमासमेत आफ्नो सेवा प्रवाह गर्दै आएको दाबी गरेको छ । टेलिकमले पहाडी भीरपाखा छिचोल्दै अति आवश्यक घरायसी सामाग्री डोकामा बोग्नुपर्ने स्थानमा समेत आफ्नो सेवा प्रवाह कायम राखेको जानकारी दिएको हो ।

दुर्गम स्थानमा आफ्ना उपकरणहरू हेलिकप्टरबाट लानुपर्ने बाध्यता रहदै आएको टेलिकमको तर्क छ । यस आर्थिक वर्षमा मात्रै आठ वटा विकट स्थानहरूमा जिएसएम टुजी र फोरजी सेवाप्रवाह गरेको टेलिकमको भनाई छ ।

Advertisement

सोलुखुम्बु जिल्लाको लुक्ला, स्याङबोचे (एयर्पोट), नाम्चेबजार र ताक्सिन्दु, गोरखा जिल्लाको छेकम्पार, बिही(गज्र्याङ डाँडा), न्याक तथा मनाङ जिल्लाको ओडार भ्यू पोइन्टमा हेलिकप्टरबाट उपकरणहरू ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ ।

उक्त नयाँ टावरहरूबाट कम्पनीले टुजी र फोर जी सेवा उपलब्ध गराएको हो । सोलुखुम्बुको लुक्ला साइट, खुम्बु पासाङल्हामु गाउँपालिकामा वडा नम्बर २ र ३ का लुक्ला, सुर्के, मुसे, नाजिपाङ, चौरिखर्क, स्याङमा र सगरमाथा पदमार्ग लगायतका क्षेत्रमा टुजी र फोरजी  सेवा उपलब्ध हुने भएको छ । स्वाङबोचे एयरपोर्ट साइटबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का वस्तीहरू र नाम्चेबजार साइटबाट वडा नम्बर ३ र ५ का नाम्चे, कोङदे, जोरसल्लो लगायतका क्षेत्रमा पनि सेवा उपलब्ध भएको टेलिकमले जनाएको हो । 

त्यस्तै, टाक्सिन्दु साइटबार वडा नम्बर १ का नुनथला, खरिखोला, थामडाँडा, बुम्सा, पान्गोम र सगरमाथा पदमार्ग लगायतका क्षेत्रमा पनि सेवा उपलब्ध भएका छन् । गाोरखाको छेकम्पार साइटबाट चुमनुब्री गाउँपालिका बडा नम्बर ४ अन्र्ततगतका छेकम्पार, छोकाङसहित छिमेकी राष्ट्र चीनसँग जोडिएका पर्यटकीय क्षेत्रहरूमा पनि सेवा उपलब्ध गराएको छ ।

गोरखाकै बिही गज्र्याङ डाँडा नयाँ साइटबाट सोही गाउँपालिकाकाको वडा नम्बर पाँच अन्र्तगत क्वाकडाँडा, बिही गाउँ, सराङ गुम्बा ल्हो, प्रोक, सामा, लार्केपाससहित मनास्लु ट्रेकिङ रूट लगायतका क्षेत्र र न्याक साइटबाट वडा नम्बर ३ अन्र्तगत न्याक, लिक्पा, डेंग, सिर्दिबास फिलिम, भान्सिङ र मनास्लु ट्रेकिङ रूट लगायतका क्षवेत्रहरूमा पनि सेवा उपलब्ध भएको छ । मनाङको ओडार भ्यु प्वाइन्ट साइटबाट न्यासो गाँउपालिका अन्तर्गत ओडार, नाचे, थोंचे, धारापानी, तिल्चेलगायतका क्षेत्रमा टेलिकमको सेवा उपलब्ध भएको हो । 

आगामी दिनमा दुर्गम स्थानहरूमा थप सेवा बिस्तारकोलागि नेपाल टेलिकले तयारी गरिरहेको प्रवक्ता राजेश जोशीले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएका छन् । 
 

Advertisement

Advertisement