पर्यटन बोर्ड सीईओको स्पष्टिकरण गुमनाम, मन्त्रीको निर्देशन नआएकोले कारवाही गर्न सकिएनः सचिव

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीले २० कात्तिकमा त्रिभुवन विमानस्थलका भन्सार अधिकृतलाई दुव्र्यावहार गरेको विषय बाहिर आएपछि पर्यटन मन्त्रीले २२ मंसिरमै तीन दिने स्पष्टिकरण सोधेका थिए । पर्यटन मन्त्रीको निर्देशन पाएपछि पर्यटन सचिव यादवप्रसाद कोइरालाले सीईओ रेग्मीलाई तीन दिने स्पष्टिकरण सोधेका थिए । पर्यटन मन्त्रालले विमानस्थल भन्सार चेकजाँचका क्रममा भएको घटनाको विषयमा स्पष्ट जानकारी दिन सोधेको स्पष्टिकरण करिब तीन साता पूरा हुँदा पनि गुमनाम नै छ ।


स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नआए कारवाही गर्ने भनिएपछि उक्त स्पष्टिकरण अझै गुमनाम छ । सीईओ रेग्मीले अनिंदो भएको हँुना अनजानवस घटना हुन पुगेको भन्दै माफिसमेत मागेकोले भनिएको छ । उक्त स्पष्टिकरण मन्त्रालयकै घर्रातिर थन्किरहेको छ ।

Advertisement

रेग्मीले विमानस्थल भन्सारका कर्मचारीलाई हातपात गरेर दुव्र्यावहार गरेको घटना सार्वजनिक भएपछि मन्त्रालयले स्पष्टिकरण सोधेको भएपनि अहिलेसम्म कारवाही गर्नुपर्ने वा माफि दिनुपर्ने विषय के हो भन्ने मन्त्रालयले स्पष्ट पारेको छैन् । मन्त्रालयले औपचारिक स्पष्टिकरण सोधेपछि त्यसको नतिजा को हो भनेर जानकारी दिनुपर्ने भन्दै कर्पोरेट नेपालले पर्यटन सचिव यादवप्रसाद कोइरालासँग जिज्ञासा राखेको भएपनि उनले यो विषय अहिले सेलाएको तर्क दिए ।

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्षसमेत रहेका यादवप्रसाद कोइरालाले मन्त्रीको निर्देशन नआएकोले कारवाही गर्न नसकिएको स्पष्ट पारेका छन् । कोइरालाले कर्पोरेट नेपालसँग भने ‘मन्त्रीले कारवाही गर्ने स्पष्ट निर्देशन दिएको भए कारवाही हुन सक्थ्यो । स्पष्टिकरण मात्रै सोध्न भनेकोले सोही काम भयो । त्यसपछि कुनै निर्देशन आएको छैन् ।’ मन्त्रीले निर्देशन आएको भए सीईओलाई कारवाही गर्न सकिने वा हटाउन पनि पर्यटन बोर्डले एक समिति बनाउन सक्ने जानकारी पर्यटन सचिव कोइरालाले दिए ।

कोइरालाई सरकारले आइतबार सरुवा गर्ने निर्णय गरिसकेको छ । मन्त्रीपरिषदले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपानेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ल्याएर कोइरालालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइएको छ । सचिव कोइरालाले आफ्नो सरुवा भएको भनिएपनि पत्र भने आइनसकेको बताए । 

कोइरालाको सरुवा नै भइसकेकोले अब रेग्मीमाथिको कारवाही हुने वा नहुने भन्ने अधिकार मन्त्री प्रेम आलेतिर पुगेको छ । सचिव नै बोर्ड अध्यक्ष हुने भएकाले बोर्डले समिति गठन गरेर स्पष्टिकरण नसोधेसम्म भने बोर्डको सीईओ हटाउन सक्दैन् । पर्यटन बोर्डको सीईओ मन्त्रीको स्पष्टिकरणले नभएर बोर्ड सदस्यले बनाउने एक समितिले गर्ने सिफिरिशका आधारमा मात्रै हुन्छ ।

बोर्डका सीईओ रेग्मी बोर्डकै कर्मचारीलाई अनावश्यक सरुवा गर्ने, बढुवा रोक्ने, कार्यसम्पादन मूल्यांकनमा पनि सिनियरलाई पछाडि पार्ने, बोर्डमा आफूखुशी खर्च गर्ने गरेका कारण विवादमा आएका छन् । सीईओ रेग्मीले आफ्नै कार्यकक्ष बनाउन खरिद ऐन छल्न टुक्रा पारेर काम गर्न लगाएका थिए ।

उक्त सूचना सार्वजनिक गरेको भन्दै अनावश्यक रुपमा असम्बन्धित कर्मचारीलाई दबाब दिनेदेखि सरुवासम्म गर्दै आएका छन् । पछिल्लो समय पर्यटन मन्त्री प्रेम आले आएपछि उनले आफू अनुकुलको काम गर्न सीईओ रेग्मीलाई हटाएर नयाँ व्यक्ति पठाउन खोजेको भनिएपनि हाल यो विषय सेलाएको छ ।

पर्यटन बोर्डका सीईओसँग तीन दिने स्पष्टिकरण, चित्त बुझ्दो जवाफ नआए कारवाही

दुनियाँलाई हात जोडेर नेपाल आउ भन्ने व्यक्तिले नै किन गरे राष्ट्रिय बेइज्जत ?

Advertisement

Advertisement