राखेपको सदस्य सचिवमा घिसिङ नियुक्त, सपथ ग्रहणपछि सम्हाले कार्यभार

Advertisement

काठमाडौँ । मन्त्रिपरिषदको निर्णयबाट राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा नियुक्त भएका टंकलाल घिसिङले आज पद तथा गोपनियताको सपथ लिएका छन् । 

सपथ लिएसँगै सदस्य सचिव घिसिङले त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कार्यालयमा पुगेर पदभार ग्रहण पनि गरेका छन् । पदभार ग्रहण गरेसँगै घिसिङले राष्ट्रिय खेलाडीको बीमा र राष्ट्रिय टोलीको सुधारमा जोड दिने बताए । सदस्य सचिव घिसिङले राष्ट्रिय टोलीको सुधारमा विशेष जोड दिँदै अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न योग्य बनाउने योजना रहेको बताए । 

Advertisement

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमका बीच पद तथा गोपनियताको सपथ गराएका हुन् । उक्त अवसरमा गहतराजले राष्ट्रिय खेलकुद परिषदले नेतृत्व पाएको र चलायमान हुन नसकेकका खेलकुद गतिविधि जेट विमान जस्तै रप्mतारमा अगाडि बढ्ने विश्वास ब्यक्त गरे । 

सोमबार बसेको मन्त्री परिषद्को सोमबारको बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको थियो । नेकपा माओवादी बागमती प्रदेश कमिटीका सचिवालय सदस्य समेत रहेका घिसिङसँग नेपाल रग्बी संघका अध्यक्ष कार्यकाल पूरा गरेको अनुभव रहेको छ ।  

Advertisement

Advertisement