बुद्ध एयरले अन्तर्राष्ट्रिय उडानमा रुची देखाएन, चिनियाँ वायुसेवाको उडान तालिका मात्रै स्वीकृत

Advertisement

काठमाडौं । कोभिड महामारीपछि अन्तर्राष्ट्रिय उडान बन्द गरेका वायुसेवाहरूले खोपको मात्रा बढ्दै गएपछि र कोभिड न्यूनीकरण हुँदै जाँदा अन्तर्राष्ट्रिय उडानको गन्तव्य पनि बढाउन थालेका छन् । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानि) २० महिना पछि भारतको दिल्लीमै दैनिक उडान थप गर्ने भएको छ भने महामारी अगाडि सुरु भएको बैंग्लोर र मुम्बईमा पनि उडान गर्ने भएको छ ।

निगमले कोरोना महामारीका कारण २०७६ चैतदेखि स्थगित उडान फेरि शुरु गर्न लागेको हो । यस अघि निगमले एयर बबल कार्यक्रम अन्तर्गत दिल्लीमा दैनिक एक उडान मात्रै गर्ने गरेको थियो अब मार्च २१ तारिखदेखि भने भारतको बैंग्लोरमा नेपाल एयरलाइन्सको नियमति उडान पुनः सुरु गर्ने भएको छ । वायुसेवा निगमका अनुसार डिसेम्बर १७ तारिखदेखि मुम्बईमा हरेक शुक्रबार र सोमबार नेपाल एयरलाइन्सको उडान हुनेछ भने बैंग्लोरमा डिसेम्बर १८ तारिखदेखि हरेक शनिबार र मंगलबार उडान हुनेछ । दिल्लीमा भने हप्ताको सात वटा उडान थप्ने भएको छ  ।

Advertisement

हामारीपछि निजी वायुसेवाले उडान विस्तार गर्ने र भारतीय वायुसेवा पनि नेपाल आउने भएका छन् । नेपालमा कोभिड अगाडि उडान सुरु गरेका एयर इण्डिया र विस्तारले पनि उडान गर्ने भएका छन् । यी वायुसेवालाई उडान गर्न तालिका स्वीकृत गरिसकेको भएपनि आफ्नो अनुकुल उडान निर्णय गरेर आउन भने बाँकी नै रहेको नेपाल नागरिक उड्डयन प्राधिकणका प्राधिकरणका फ्लाइट परमिसन उप प्रवन्धक ज्ञानेन्द्र भुलले बताए ।

बुद्ध एयरले चासो नै देखाएन
कोरोना महामारी अगाडि भारतको वनारसमा नियमित उडान गरिरहेको निजी क्षेत्रको बुद्ध एयरले भने हालसम्म अन्तर्राष्ट्रिय उडान गर्न कुनै चासो देखाएको छैन् । बुद्ध एयरले यस अघि पनि भारतका विभिन्न गन्तव्य लखनउ र कलकत्ता उडान गरेर घाटा भएपछि बन्द गरेको थियो । वनारस भने उडान गर्ने भनेपनि अहिलेसम्म रुची देखाएर आवेदन नदिएको प्राधिकरणले जानकारी दिएको छ ।

बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले भने महामारीका कारण बन्द भएको भातरीय पौराणिक सहरको उडान पुनः सामान्य अवस्थामा आएपछि सुरु हुने दाबी गरे । उनका अनुसार महामारीकै कारण बन्द भएको अन्तर्राष्ट्रिय उडान अब कोभिडको न्यूनिकरणसँगै सुरु हुन्छ । यसका लागि फेरि अध्ययन गर्नुपर्ने र रिब्राण्डिङ पनि गर्नुपर्ने भएकोले आगामी नेपाली नयाँ वर्षदेखि उडान गर्ने गरी तयारी सुरु गर्न थालिएको छ ।

चिनियाँ वायुसेवाको सातामै ३३ उडान मात्रै स्वीकृत
नेपालमा नियमित उडान गरिरहेको चिनियाँ वायुसेवाले भने सातामा ३३ वटा उडान स्वीकृत मात्रै गराएर बसेको छ । कोभिड न्यूनिकरण भएसँगै अगामी फेब्रुअरीबाट उडान सुरु गर्ने अनौपचारिक जानकारी दिएको चीनले अहिले फेरि सुरु हुन थालेको नयाँ भेरियन्ट ओम्रिकनपछि पुनः पछाडि हच्कने संकेत गरेको पनि प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका फ्लाइट परमिसन उप प्रवन्धक ज्ञानेन्द्र भुलका अनुसार चिनियाँ वायुसेवालाई नेपालले उडान अनुमित भने दिएको छ । नेपालको तर्फबाट उडान तालिका स्वीकृत गरिदिएको भएपनि उतैबाट उडान गर्न इच्छुक नभएका कारण तालिका मात्रै स्वीकृत गराएर बसेको देखिएको हो । चीनले महमारीपछि बन्द गरेको यात्रु उडान अझै खुलाएको छैन् ।

चिनियाँ वायुसेवा सिचुवान एयरलाइन्सले सातामा चारवटा, चाइना इष्टर्न एयरलायन्सले सातामा एक र अन्य तीन वायुसेवा एयर चाइनाले दैनिक र चाइना साउदर्नले दैनिक दुईवटा उडान गर्ने गरी तालिका स्वीकृत गराएको पनि प्राधिकरणले जानकारी दिएको छ । 

Advertisement

Advertisement