थन्किएको चिनियाँ जहाज उडाउने तयारी किन हुँदै छ ? यस्तो छ नेवानि अध्यक्षको तर्क
नेपाल वायुसेवा निगम​​​​​​​का कार्यकारी अध्यक्ष युवराज अधिकारी ।

Advertisement

काठमाडौं । चिनियाँ जहाज थन्काएरै राखिरहँदा पनि यसको नियमति गर्नेपर्ने खर्च गरिनु नै पर्ने हुन्छ । जहाजको बीमा वापतको शुल्क नियमित तिर्ने, पार्किङ शुल्क तिर्ने, कर्मचारी तथा पाइलट राख्नुपर्छ । नियमित मर्मतमा गर्नुपर्ने स्पेयर्स पार्टमा खर्च पनि गरिरहनुपर्ने हुन्छ । जहाज सञ्चालनमा नरहे पनि नियमित मर्मत गरिरहनुपर्ने र निश्चित अवधिमा लाइफ सकिने पाटपूर्जा परिवर्तन गर्नु नै पर्छ । यसको अर्थ जहाज एयरवर्दि (उडान योग्य) नै बनाएर राखिरहनुपर्छ ।

चिनियाँ जहाज थन्काउँदा पनि उडाएकै अवस्थाको तुलनामा ६० प्रतिशत भन्दा बढी खर्च छ । बाँकी रहेको स्पेयर्स पाट्र्स, आकासमा उड्दा लाग्ने, कमाण्डर तथा पाइलटको खाजा तथा भत्ता खर्च मात्रै हो । अहिले ९० प्रतिशत घाटा भएको जहाजलाई ३० प्रतिशतमा ल्याउन सकिन्छ । यसो हुँदा ३० प्रतिशत घाटा भन्नु भन्दा पनि ६० प्रतिशत नाफा भएको भनेर हेर्नुपर्छ । हाम्रो भू–बनोटले पनि सबै ठाउँमा सबै जहाज जाँदैन् ।

Advertisement

चिनियाँ जहाज उडाउन आवश्यक तयारीका लागि अध्ययन गराएर प्रतिवेदन तयार भएको छ । उक्त प्रतिवेदन भर्खर आइपुगेको थप अध्ययन गरेर मात्रै निर्णय लिनुपर्ने हुन्छ । चिनियाँ जहाज अहिले नै उडाइहाल्ने भनेर निर्णय भने भइसकेको छैन् । खर्च कम हुने र चिनियाँ पक्षले पनि सपोर्ट गर्यो भने उडाउने कि भन्ने मात्रै हो । यो जहाज उडाउने निर्णय म एक्लैले गर्ने पनि होइन् । यसमा सञ्चालक समितिले निर्णय गर्नुपर्ने हुन्छ ।

एयरलाइन्स कम्पनी भएकोले सामान्य खर्चमा जहाज उड्न सक्छ भने किन नउडाउने भन्ने मात्रै हो । नयाँ तत्काल खरिद गर्न सकिने अवस्था छैन् । यसलाई यस अघि भएको निर्णय अनुसार नै भाडामा दिने वा बिक्री गर्न दिनुभन्दा अगाडिको समय भन्दा अगाडि केही महिना चल्छ भने चलाउन सकिन्छ भन्ने हो । खर्च धेरै लाग्दैन भने किन राखिरहने भनेर हेरिएको छ । आखिर निगमको छवि भने आन्तरिक जहाजमै हुने रहेछ ।

जहाज भाडामा दिँदा वा बेच्नै परेपनि कम्तिमा पाँचसात महिना त लाग्छ । त्यतिन्जेल भएपनि जहाज उडाउँ भन्ने हो । त्यतिबेलासम्म भएको खर्च त भाडामा लगाउँदा वा बिक्री गर्दा छुट्टै बिल छोड्न सकिन्छ । अहिले जहाज उडानयोग्य बनाउन भएको खर्च थप गरेर पछि लिन सकिन्छ । यसले गर्दा थन्काएर राख्नुपर्दा उडाउँदा र मर्मत गर्दै निगमलाई लाभ हुन्छ भन्ने हो ।

यसले जनताप्रतिको दायित्व पनि पूरा हुने र पाइलट तथा निगमका जनशक्तिको प्रयोग पनि हुन्छ भन्ने हो ।  यसले ८÷१० जना पाइलट खालि बस्नु पनि पर्दैन् ।  अर्को विषय  यी जहाज उडाउनु भनेको नेपाल र चीनबीच दुई देशको कुटनैतिक सम्बन्ध पनि हो । यो जहाज उडाउन चिनियाँ पक्षले विशेष सहयोग गरेको अवस्थामा जहाज छिटो पनि उड्न सक्छ भने खर्च पनि कम हुन सक्छ ।

यो जहाज उडान कति खर्च लाग्छ भन्ने पनि तय भइसकेको छैन् । यो जहाज सरकारले भने जस्तै भाडामा नै दिने वा बेच्ने नै हो भने पाँच सात महिनापछि त त्यो प्रक्रिया गइ नै हाल्नुपर्छ । यसको तयारी गर्दा चार महिना लाग्छ भने त जहाज उडाउने तयारी गर्नुको पनि अर्थ नहुन सक्छ । एक महिनामा नै उडान सकिन्छ भने चाहिँ निगमलाई नै लाभ हुने विषय भयो । त्यसो हुँदा पाँच महिना त लाभ लिन सकिन्छ नि ।

यो बीचमा तयारी भइरहेको चाहिँ दुईवटा वाइ १२ र एउटा एमए ६० जहाज उडान गर्ने तयारी हो । एउटा वाई १२ त नेपालगन्जमा दुर्घटनामा परेर पूर्ण क्षति पनि भइसकेको छ । बाँकी जहाजको विषयमा आवश्यक गृहकार्य भइरहेको छ । यसलाई सकारात्मक रूपमै लिनुपर्छ । (अधिकारीसँग कर्पोरेट नेपालले गरेको कुराकनीमा आधारित)


 

Advertisement

Advertisement