साँसदहरुलाई आयल निगमका कार्यकारी निर्देशकको प्रश्न– निगम राख्ने कि नराख्ने ?

Advertisement

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयभन्दा पनि आयल निगम रहने की नरहने भन्ने पहिलो विषय भएको बताएका छन् । 

बिहीबार राज्यका निर्देशन सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले गरेको छलफलमा पौडलेले निगमले दैनिक साढे ७ करोड घाटा खाएर काम गरिहेको अवस्थामा मूल्य वृद्धि गरेको विषय उठान गर्नुभन्दा पनि आयल निगम रहने की नरहने ? भन्ने विषय प्रमुख भएको बताए । 

Advertisement

उनले सरकारले निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नुपर्ने अवस्था श्रृजना पनि गर्न नहुने बताए । पौडेलले निगम दैनिक साढे ७ करोड घाटामा काम गरिहेको बताए । यस्तो अवस्था निगमले काम गरिरहँदा पनि निगमलाई नै विवादित बनाउनु राम्रो नभएको उनले बताए । पौडेलले निगमले सबै भन्दा बढी एलपी ग्यासमा घाटा सकेको सुनाउँदै एलपी ग्यास नेपालभर दैनिक एक लाख सिलिण्डर खपत हुने गरेको बताए । 

उनले भने, ‘निगमले सधैं घाटामा रहेर काम गर्दा निगम रहने की न रहने अवस्था आउन सक्छ । निगम घाटामा गएर नै मूल्य वृद्धि गर्नु परेको हो । दैनिक ७ करोड घाटामा काम गरेको छ । अझ एलपी ग्यासमा सबैभन्दा धेरै छ । दैनिक एक लाख सिलिण्डर मुलुकभर खपत हुँदा एउटा सिलिण्डरमा निगमले ७५० रुपियाँ र सरकारको २५० रुपियाँ घाटा खाइरहेको छ । यस्तो अवस्थाले निगम त के हुन्छ थाहा छैन् । तर, सरकार चल्न सक्छ ? यो विषयमा सरकारले सोच्नु पर्छ । पछिल्लो समय अझ बढी इन्धनको मूल्य वृद्धिको विषयमा राजनीति भएको छ । पछिल्लो समय  सत्तारुढ दलका विद्यार्थी संगठनले समेत आगो लगाउने कुरा गरेका छन् । यस्तो अवस्थामा निगमले काम गर्न असहज भएको छ ।’

छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले सरकारले ग्यास खपत कम गर्ने विषयमा माथिल्लो निकायसँग छलफल भइरहेको बताए । उनले ग्यासको खपत कम गर्न विद्युतको प्रयोग कसरी बढाउने भन्ने विषयमा धेरै पटक छलफल भएको बताए । 

ग्यासको खपत कम गरेर विद्युतको खपत बढाउनको लागि नेपाल विद्युत प्राधिकरणले सबै नयाँ प्राविधिक व्यवस्था गर्नुपर्ने पोखरेलको भनाई छ । उनले नेपालमा विद्युत उत्पादन भएर खेर गइरहेको बताए । 

पोखरेलले भने, ‘सरकारले नेपालमा उत्पादन भएको विद्युत खपत नहुँदा खेरा गइरहेको छ । उत्पादन भएको विद्युतको खपत बढाएर ग्यासको खपत कम गर्नको लागि सरकारले छलफललाई निरन्तरता दिन्छ । सरकार विद्युत खपत बढाएर एलपी ग्यासको खपत कम गर्ने र इन्धनलाई सबैलाई मान्य  हुने गरी सर्वसुलभ बनाउन तयार रहेको छ ।’

उनले इन्धनमा विश्वका धेरै देशमा कर महँगो नै भएको बताए । पोखरेलले मुलुकको इन्धनको आवश्यकता कति हो त्यसको करको रेट कति हुनुपर्छ सबै बसेर छलफल गर्नुपर्ने बताए । 

Advertisement

Advertisement