अधिकांश बैंकहरू मर्जरमा जान उपयुक्त संस्थाको खोजीमा, कुनको रोजाई कोसँग ?

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्ने बाध्यकारी व्यवस्था अनुसार मंसिर र पुस सबै वित्तीय संस्थाकोहरूको लागि व्यस्तको समय हुने गर्छ । यही बेला एकै दिन धेरैवटा वित्तीय संस्थाहरूको वार्षिक साधारण सभा हुने पनि गर्छ ।

तोकिएको समयमा साधारण सभा गर्नुपर्ने गत आवको वित्तीय विवरण स्वीकृत गराउने, नयाँ संचालक तय गर्ने, गत वर्षको नाफाबाट दिन प्रस्ताव गरेको बोनस स्वीकृत गराएर वितरण गर्नेसहितको एजेण्डाका लागि धमाधम साधारण सभा गर्दै छन् ।

Advertisement

साधारण सभामा बैंक तथा वित्तीय संस्थाहरूले वर्षेनी गर्ने पर्ने नियमित गतिविधिको काम बाहेक पछिल्ला वर्षहरूमा अधिकांशको संस्थाको साझा एजेण्डा मर्जर वा प्राप्ति पर्ने पनि छ । वार्षिक साधारणसभाबाट बैंकले अन्य कुनै बैंक वा वित्तीय संस्था प्राप्ति (एक्विजिसन) गर्ने वा एकआपसमा गाभिने (मर्जर) प्रयोजनको लागि उपयुक्त बैंक वा वित्तीय संस्थाको पहिचान र छनोट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिनेसहितको एजेण्डा हुने गरेको छ ।

पछिल्लो समय राष्ट्र बैंकले वित्तीय संस्थाहरूलाई मर्जरमै प्रोत्साहन गरेका छन् । जसका कारण पाँच वर्ष अगाडि साढे दुई सय वटा बैंक तथा वित्तीय संस्था अहिले १३१ वटामा झरेका छन् । ३२ वटा वाणिज्य बैंक नै २७ वटा भएका छन् ।चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बिज मर्जरलाई प्रोत्साहन गरेको छ । यसका लागि राष्ट्र बैंकले मर्जरमा जानेका लागि आवश्यक सुविधा पनि दिएको छ ।

राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३’ लागू भएपछि हालसम्म १२९ वटा संस्था मर्जर प्रक्रियामा सहभागि भएको राष्ट्र बैंकले जानकारी दिएको  छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने सम्बन्धी विनियमावली कार्यान्वयनमा आएपछि गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) प्रक्रिया बमोजिम २०७८ असार मसान्तसम्म कुल २२९ बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति प्रक्रियामा संलग्न भएका छन् ।

राष्ट्र बैंकका अनुसार यस्तो प्रक्रियाबाट ५८ संस्था कायम भएका छन् । समीक्षा वर्षमा मात्र क, ख, र ग वर्गका गरी ३३ संस्थाहरू एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति भएर १२ बैंक तथा वित्तीय संस्था कायम कायम भएका छन् । उक्त अवधिमा भएका जम्मा २० वटा गाभ्ने/गाभिने तथा प्राप्तिमध्ये गाभ्ने÷गाभिनेतर्फ १० र प्राप्तितर्फ १० रहेको पनि राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

विग मर्जर जोड
राष्ट्र बैंकले विग मर्जरमा जोड दिएर प्रोत्साहन नीति ल्याएको छ । पछिल्लो समय ३० बैशाखमा मर्जर सम्झौता गरको दुई ठूला वाणिज्य बैंक हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया टुंगिएको छैन् । यी दुई बैंकबीच मर्जर हुने सम्झौता भएपनि अझै अन्तिम टुंगो नलागेकोले मर्जर भाँडिन पनि सक्ने वा बाध्य हुनुपर्ने अवस्था पनि छ । यी दुई बैंकबीच मर्जर भाँडिए पुनः दुबैले अर्को संस्था खोज्नुपर्ने भएकोले सम्झौता भएकासँग नभए नयाँसँग भएपनि अनिवार्य मर्जरमा जानैपर्छ ।

मर्जरको एजेण्डलाई नै प्राथमिकता राखेको इन्भेष्टेमेन्ट बैंकको शुक्रबार ३५ औं वार्षिक साधारण सभा भइरहेको छ । यो साधारण सभामा यस बैंकले हिमालयनसँग मर्जरमा जाने एजेण्ड नराखेको भएपनि मर्जर वा प्राप्तिमा जाने एजेण्डालाई भने प्राथमिकता दिएको छ ।

हिमालय र इन्भेष्टमेन्ट मर्जरमा नगए यी दुई बैैंक बाहेक सिभिल र सनराइज बैंकले पनि मर्जर चासो देखाएको बताइएको छ । उपयुक्त पार्टर पाए र बैंकका लगानीकर्तालाई लाभ हुने भए जर्मरमा जान सकिने भन्दै अधिकांश बैंकहरूले आन्तरिक गृहकार्य अगाडि बढाएका छन् ।

वार्षिक साधारसभा घोषण गरेको लक्ष्मी बैैकले पनि उपयुक्त पार्टर पाए मर्जरमा जाने उल्लेख गरेको छ । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच पनि मर्जर हुने गरी आवश्यक प्रक्रिया अगाडि बढ्न थालेको छ । यी दुई बैंकबीच मर्जर गर्न नेपाल बंगलादेश बैंकको विदेशी साझेदारको शेयर नबिलले खरिद गर्न चाहेको छ । यसको लागि आवश्यक तयारी बैंकले अगाडि बढाएको छ ।

अन्य वाणिज्य बैंकहरू पनि अनुकुल बैंक तथा वित्तीय संस्था आएमा मर्जरमा जान सक्ने गरी अगाडि बढेका छन् । मर्जरबाट वित्तीय संस्था बलियो हुने र प्रतिस्पर्धी बजारमा उपस्थित देखाउन सकिने निष्कर्षमा पुगेका छन् ।

राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थालाई मर्जर गराउने र संख्या घटाउने नै नीति लिएको छ । सोही नीति स्वरूप राष्ट्र बैंकले मर्जर नियमावली ल्याएको र मौद्रिक नीतिमार्फत सहजीरकण गर्दै गएको पनि उल्लेख छ ।
 

Advertisement

Advertisement