कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्यमा झर्यो

Advertisement

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घटेर शुन्यमा झरेको छ । गएको २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको शून्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

बिहीबार ६ जनाको मृत्यु भएकोमा आज एक जना पनि थप भएन् । तर गएको २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

छ हजार चार सय जनाको पीसीआर परीक्षण गर्दा २२३ जना र एक हजार ४३६ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा कोरोना देखिएको हो । 

साथै, कोरोना संक्रमणमुक्त हुनेको संख्या यस अवधिमा ३४७ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमति संख्या छ हजार ९२१ रहेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या नौ लाख १७ हजार ७४१ पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ५३५ कायम रहेको छ । 

Advertisement

Advertisement