इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध ठगी तथा संगठित अपराध मुद्दा दर्ता

Advertisement

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध शुक्रबार जिल्ला अदालतमा ठगी तथा संगठित अपराध मुद्दा दर्ता गरेको छ । 

सिभिल सेभिङ एण्ड क्रोडिटका तत्कालिन अध्यक्ष तथा सिभिल समूहका वर्तमान अध्यक्ष इच्छाराज तामाङसहितलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले झण्डै एक महिनाअघि बचतकर्ताको रकम फिता नगरी गठी गरेको आरोपमा तामाङसहित १२ जनालाई पक्राउ गरेर थप छानविन अघि बढाएको थियो । 

Advertisement

छानविनपछि आज जिल्ला सरकारी वकिलको कार्यालयले तामाङविरुद्ध पाँच अर्ब ६७ करोड रुपियाँ विगो माग दावी गर्दै मुद्दा दायर गरेको हो । सिभिल सहकारीका सदस्यले आफ्नो पैसा फिर्ता नपाएको भन्दै उजुरी गरेपछि तामाङसहितका सिभिल समूहका सदस्यहरु छानविनमा तानिएका थिए । तामाङ संविधानसभामा एमालेबाट सभासदसमेत भएका थिए । 

सीआईबीले तामाङविरुद्ध ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएमा थियो । सोही आधारमा उनीहरुविरुद्ध मुद्दा दायर भएको छ । 

Advertisement

Advertisement