प्रचण्डको दरभंगा प्लेनम, काँग्रेसको गोलीवेशन, हाम्रो चाहीं महाधिवेशनः गोकुल बास्कोटा

Advertisement

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली काँग्रेसले गर्न लागेको महाधिवेशनलाई गोलीवेशन र माओवादीले गर्न लागेको राष्ट्रिय सम्मेलनलाई दरभंगा प्लेनमको संज्ञा दिएका छन् । 

सामाजिक सञ्जालमा लेख्दै उनले आफ्नो पार्टी नेकपा एमालेले हालै सम्पन्न गरेको महाधिवेशन र राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनलाई भने महाधिवेशन नै भनेका छन् । बास्कोटाले काँग्रेस र माओवादीको अधिवेशनलाई झेली काम भन्दै खारेजीको माग पनि गरेका छन् । 

Advertisement

उनले लेखेका छन्, ‘फुटको पीडा, नेकपाको निरन्तरताको शंसय र  लोकतान्त्रिक अभ्यासको प्रश्नलाई असाधारण निरन्तरता, लोकतन्त्रको सरल अभ्यास र अभूतपूर्व उत्साहसहितको एकतामा रुपान्तरण गर्दै एमाले महाधिवेशन सकियो । राप्रपाको जारी छ । र, कांग्रेस गोलीवेशनसहित गर्दैछ। प्रचण्ड दरभंगा प्लेनम गर्दै छन् । झेलीकाम खारेज होस् ।’ 

Advertisement

Advertisement