खराब मौसमका कारण बिहानभर सबै उडान अबरुद्ध

Advertisement

काठमाडौं । खराब मौसमका कारण काठमाडौं बिमानस्थलबाट हुने उडान अवतरण शनिबार बिहानभर अबरुद्ध भएको छ । मौसम नखुल्दा बिहान १० बजेसम्म काठमाडौ बिमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडानमा ढिलाई भएको त्रिभुवन बिमानस्थल कार्यालयले जानकारी दिएको छ । 

बिमानस्थलका अनुसार सात वटा अन्तर्राष्ट्रिय वायुसेवाले एक घण्टादेखि अवतरण गर्न पर्खिएकोले पहिले ती वायुसेवालाई अवतरण गराएर मात्रै आन्तरिक उडान खुलाइने छ । आन्तरिक उडान मौसमकै कारण सबैको केही ढिलो हुने बिमानस्थल कार्यालयले जानकारी दिएको छ । 

Advertisement

बुद्ध एयरका संचार सम्जोजक दिपेन्द्र कर्णका अनुसार मौसमको गडबडी तथा कम भिजिविलिटीले काठमाडौंलगायत अन्य विमानस्थलहरु ढिलो खुलेको हुँदा उडानहरु प्रभावित भएको छ । अब उडान खुल्न सुरु हुन थालेकोले उडानहरु ढिलो हुने भएका छन। 

यति एयरका प्रबक्ता सुदर्शन बर्तौलाका अनुसार उडान ढिलो खुलेको कारण आज दिनभरजसो उडान चाप पर्ने छ । मौसम नखुलेको कारण केही वायुसेवाका उडान नै रद्द हुने पनि उनले बताए । जाडोको समयमा हुस्सुका कारण मौसम नखुल्ने हुँदा उडान अवतरण अबरुद्ध हुने गरेको छ ।

Advertisement

Advertisement