रियल मीले मुरारका ग्रुपसँग मिलेर नेपालमा नार्जो सेरिज ल्यायो

Advertisement

काठमाडौं । संसारमै सबैभन्दा चाँडो १० करोड फोन बिक्री गर्न सफल र नेपालमा सबैभन्दा छिटो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ । 
रियलमीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिजः नार्जो ५०ए र नार्जो ५०आई ल्याएको छ । बजेटमा सबैभन्दा उत्कृष्ट गेमिङ पर्फर्मेन्स भएको फोन किन्न चाहने युवा पुस्ताको लागि यी फोनहरु निर्विकल्प छनोट हुने कम्पनीको भनाई छ । 
लन्चको अवसरमा बोल्दै मुरारका ल्याउने ग्रुपका निर्देशक शिरिष मुरारकाले आफूहरुको उद्देश्यभ भनेको उपभोक्तालाई बेस्ट इन क्लास उत्पादनहरु दिने हो भन्दै यही सिलसिलामा नार्जो ५०ए र नार्जो ५०आई ल्याएको बताए । 

राम्रो गेमिङ प्रोसेसर भएका अत्याधुनिक प्रविधियुक्त यी दुइ फोनहरुको आगमनसँगै रियलमीले नेपाली युवाको गेमिङ अनुभवलाई अझ निखार्दै थप नेपाली प्रयोगकर्ताहरुको मन जित्ने लक्ष्य लिइएको कम्पनीको भनाई छ । 

Advertisement

Advertisement

Advertisement