हिमालयन र इन्भेष्टमेन्ट बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले दिएको ६ महिनाको समय सकियो

Advertisement

काठमाडौं । नेपालको बैंकिङ इतिहासमै ठूलो मर्जर सम्झौता भनेर उत्साहित भएका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर सम्झौता भाँडिन सक्ने संभावना प्रवल देखिएको छ । 

इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको नाफा वितरण गर्न र बैंकको नियमित वार्षिक साधारणसभा दुई दिन अगाडि सकिसक्दा हिमालयनको साधारणसभाको मिति नै तय गर्न सकेको छैन् । 

Advertisement

हिमालय बैंकले मर्जर प्रक्रियालाई अगाडि बढाउन नचाहाँदा राष्ट्र बैंकले दुई पटक गरी दिएको ६ महिनाको सैद्धान्तिक स्वीकृतिको समय पनि सकिएको छ

यी दुबै बैंकबीच गत वैशाख ३० मा मर्जर सम्झौता भए पनि अहिलेसम्म हिमालयन बैैंकले निर्णय दिन नसक्दा मर्जर हुने वा नहुने ? अन्योल भएको हो । राष्ट्र बैंकले यी दुई वाणिज्य बैंकले गरेको सम्झौता अनुसार नै सैद्धान्तिक स्वीकृति दिएको पनि औपचारिक रूपमा आइतबार ६ महिना पूरा भएको छ । 

राष्ट्र बैंक प्रवक्ता देवकुमार ढकालका अनुसार यी दुई बैंकले मागेको दोस्रो तीन महिनाको सैद्धान्तिक स्वीकृतिको समय सक्किएको र अहिलेसम्म थप समय माग भएको छैन । अब के हुन्छ ? भन्ने विषय दुबै बैैंकले गर्ने निर्णयमा भर पर्ने उनको भनाई छ । 

राष्ट्र बैंकले यी दुई बैंकलाई गत जेठ २० मा मर्जरका लागि सैद्धान्तिक स्वीकृति दिएको थियो । राष्ट्र बैंकले दिएको यस्तो स्वीकृतिको समयको तीन महिनाभित्र एकीकृत कारोबार गर्न केन्द्रीय बैंकबाट अन्तिम स्वीकृति लिनुपर्ने हुन्छ । 

राष्ट्र बैंकले २० भदौमा दिएको यस्तो सैद्धान्तिक स्वीकृतिको समय १९ मंसिरबाट सकिएको छ । 
राष्ट्र बैंकका अनुसार यी दुई बैंक मर्जरमा जान जसरी सम्झौता गरेर आएका थिए, त्यसैगरी मर्जरमा नजाने कारण खुलाएर निवेदन दिनुपर्छ । मर्जरमा नजाने मनासिव कारण खुलाएको अवस्थामा मात्रै अहिलेको मर्जर सम्झौता रद्द हुनसक्ने ढकालको भनाई छ ।

मनासिव कारण नखुलाई सञ्चालक समितिको निर्णय तथा संयुक्त मर्जर वा प्राप्ति समितिको निर्णयले मात्र मर्जर प्रक्रिया रोकिन नसक्ने राष्ट्र बैंकले बताएको छ । अन्यथा अनुकुल जति समय माग्छन त्यति समय थप गरेर भए पनि मर्जरमै जानुपर्ने बाध्यता दुबै बैंकलाई छ । 

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकले मर्जर प्रक्रिया रद्द गरेमा अर्को पार्टनर तुरुन्तै खोज्नुपर्छ । दुबै बैंकले मर्जरमा जार्नेपर्ने र मर्जरमा नगए हिमालयन बैंकले गत आवको नाफाबाट दिने २६ प्रतिशतको बोनश पनि बाड्न नपाउने उल्लेख छ

‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन)सम्बन्धी विनियमावली, २०७३’ अनुुसार सैद्धान्तिक स्वीकृति पाइसकेको बैंकबीच मर्जर नभए शेयर कारोबार थप समय रोकिने छ । उक्त नियमावली अनुसार आधारभूत शेयरधनीहरुलाई शेयर खरिदबिक्री तथा हक हस्तान्तरणमा रोक लगाई त्यस्तो संस्थाको सञ्चालक हुन अयोग्य मान्न सकिने छ । यी दुई बैंकको शेयर कारोबार रोकिँदा साधारण लगानीकर्ताले लामो समयदेखि शेयर किनबेच गर्न पाएका छैनन् । 

इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले आफ्नो तर्फबाट मर्जरका लागि कुनै समस्या नरहेको बताए । हिमालयनसँग मर्जरमा जान सबै तयारी पूरा भएको र आफ्नो बैंकको तर्फबाट केही वाधा अवरोध नभएको भन्दै उनले हिमालयन बैंकको बोर्डले स्वीकृत गरेर आउन नसकेको बताए । हिमालयनले अझै दुई साताको समय माग गरेकाले राष्ट्र बैंकसँग थप समय माग हुने पाण्डेको भनाई छ ।

Advertisement

Advertisement