Advertisement

काठमाडौं । साहारा ग्लोबल बिजनेश ग्रूपले आगामी वर्ष भित्रमा सातै प्रदेशमा कम्तिमा तीन तारेस्तरका रिसोर्ट खोल्ने भएको छ । तीन वटा प्रदेशमा जग्गाको व्यवस्था गरेर आवश्यक पूर्वाधारसमेत सुरु गरिसकेको यो समूहको हाल सिन्धुपाल्चोकस्थित भोटेचौंरमा रिसोर्ट रहेको छ ।

रिसोर्टलाई क्रमसः विस्तार गर्दै जाने र सबै प्रदेशमा एग्रो रिसोर्टसहितको आतिथ्यता सेवा सञ्चालन गर्ने साहारा ग्लोबल बिजनेश ग्रूपका अध्यक्ष सुदर्शनराज शर्माले बताए । यसका लागि लुम्बिनी र इलाममा रिसोर्ट खोल्न जग्गाको व्यवस्था गरिसक्किएको उनले बताए । 

Advertisement

शर्माले रिसोर्ट सञ्चालन गर्दै जाने र उपयुक्त विदेशी चेन भित्र्याउने पनि प्रयास गरिएको कर्पोरेट नेपाललाई बताए । महामारीपछि पर्यटनसहितको सेवा उद्योग बढी प्रभावित भए पनि रिसोर्टका लागि संरचना बनाउँदै जाने र चार–पाँच वर्षमा नेपालमा पर्यटन क्षेत्र फस्टाउने अनुमानका आधारमा साहारा ग्रुपले योजनावद्धरुपमा काम गरिरहेको छ । 

शर्माले अहिलेदेखि नै रिसोर्ट विस्तारको खाका अगाडि सारिएको बताउँदै बानेश्वरमा साहारा ग्लोबल हस्पिटल पनि सञ्चालनको तयारी गरिएको जानकारी दिए । हस्पिटलको पूर्वाधार तयार हुँदै गरेकोले आउँदो नयाँ वर्षदेखि सेवा शुभारम्भ गर्ने गरी तयारी गरिएको जानकारी उनले दिए । उक्त हस्पिटल एक सय शैय्या क्षमताको हुनेछ ।

साहारा ग्रूपले रिसोर्टसँगै होटल म्यानेजमेन्टको कक्षा पनि सञ्चालन गर्ने तयारी गरेको होटल क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा योगदान गर्ने उद्देश्यले कलेज सञ्चालन गर्न लागिएको हो । यो समूहले सञ्चार क्षेत्रसहित जलविद्युतमा पनि लगानी गर्ने योजना बनाएको छ । 

जलविद्युततर्फ सात मेगावाटको एक आयोजनाको  इजाजत लिएर लगानीको स्रोत जुटाउने तयारी गरिरहेको शर्माले बताए । उनले साराहा ब्राण्डलाई स्थापित गर्ने र व्यवसायिक दायर पनि विस्तार गर्ने तयारीमा आफूहरु रहेको बताए । उनीहरुको थप कुराकानी भिडियोमा हेर्नुहोसः

Advertisement

Advertisement