अन्तर्राष्ट्रिय चलचित्र महोत्सव मंसिर तेस्रो साता, उद्घाटन गर्न वाङ्चुक आउने

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण मंसिरको तेस्रो साता हुने भएको छ । 

आइतबार पत्रकार सम्मेलन गरी यही मंसिर २३ देखि २७ गतेसम्म महोत्सव आयोजना हुने जानकारी दिएको हो । किम्फको यो संस्करणमा वृत्तचित्र, फिक्सन, प्रयोगात्मक, लघु चलचित्र र एनिमेसन गरी विभिन्न २८ देशका ६० भन्दा बढी चलचित्रको अनलाइन र प्रत्यक्ष  प्रदर्शन गरिने छ । 

Advertisement

यो वर्ष किम्फमा एउटा विधा ‘जलवायु कर्म’ पनि राखिएको बताइएको छ । किम्फको उद्घाटनको लागि  भारतका वातावरणविद् सोनम वाङ्चुक आउने छन् ।  महोत्सवमा अनलाइनबाट देखाइने चलचित्रहरु किम्फको अफिसियल वेबसाइटमा दर्शकले महोत्सवको अवधिभर हेर्न सक्ने छन् । 

यस अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्नेलाई २ लाख रुपियाँ, दोस्रो हुनेलाई डेढ लाख र तेस्रो स्थान हासिल गर्नेलाई एक लाख रुपियाँ नगद पुरस्कार दिइने छ । नेपाली पानोरमामा उत्कृष्ट हुने वृत्तचित्रले ७५ हजार रुपियाँ र उत्कृष्ट चलचित्रले एक लाख रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट माउन्टेन फिल्मले एक हजार अमेरिकी डलर प्राप्त गर्ने आयोजकले बताएको छ ।

Advertisement

Advertisement