म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकीलाई चार बर्षको जेल सजाय

Advertisement

काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई त्यहाँको अदालतले चार वर्ष जेल सजाय सुनाइएको छ । 

सेनाविरुद्ध भडकाउ गतिविधि गरेको र कोभिडसम्वन्धी नियम पालना नगरेको आरोपमा उनलाई चार वर्षको जेल सजायँ सुनाएको हो । म्यानमारको सैनिक सरकारले प्रजातान्त्रिक सरकारलाई अपदस्त गरेर आफ्नो हातमा पुनः सत्ता लिएको छ । त्यसविरुद्ध  लाखौं जनताले सडकमा उत्रिएर विरोध प्रदर्शन गरे पनि सुरक्षा बलमार्फत त्यसलाई दमन गरिएको छ । 

Advertisement

यसअघि सुकीमाथि भ्रष्टाचारलगायतका आरोपमा मुद्दा चल्दै आएकोमा सेनाविरुद्ध भड्काउ गतिविधि गरेको र कोभिड नियम उल्लंघन गरेको अर्को मुद्दामा जेल सजाय सुनाइएको हो । 

सेनाले सत्ता हातमा लिएपछि ७६ वर्षीया सुर्की आफ्नै निवासमा नजरबन्द थिइन् । गत वर्ष नोभेम्बरमा भएको आम निर्वाचनमा उनको पार्टीले जित हासिल गरेको थियो । तर त्यहाँको सेनाले चुनावमा धाँधली गरेको भन्दै निर्वाचन परिणाम अस्वीकार गरेर सत्ता हातमा लिएको थियो । 

Advertisement

Advertisement