कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपालमा पनि भेटियो

Advertisement

काठमाडौँ । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिए । 

Advertisement

सहप्रवक्ता अधिकारीका अनुसार कोरोना विरुद्धको खोप लगाएका एक जना विदेशी र उनीसँग सम्पर्कमा रहेका एक नेपालीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको हो । 

Advertisement

Advertisement