नक्कली भ्याट बिल प्रयोग गरी राजश्व छल्नेहरू बिरुद्ध साढे २४ करोडको मुद्दा

Advertisement

काठमाडौँ । राजश्व चुहावट गर्ने पाँच जना बिरुद्ध २४ करोड ४१ लाख २२ हजार ४ सय ६६ रूपियाँ माग दाबीसहित मुद्दा दर्ता गरिएको छ । 

राजश्व अनुसन्धान विभागले अभियुक्तहरु जयकिशोर साह, परमेश्वर साह, मुकेशकुमार झा, सानुकुमार श्रेष्ठ र सोनालाल प्रसाद यादव विरुद्ध आज उच्च आदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरेको हो । 

Advertisement

बारा जिल्लाको करैया गाउँ पालिका ७ स्थित यादव बिजनेश ट्रेड लिंकका प्रोप्राइटर सोनालाल प्रसाद यादवसहित ५ जना बिरुद्ध मुद्दा दर्ता गरिएको हो । 

उक्त फर्मले बस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिबृद्धि कर बिजक मात्र खरिद गरी मूल्य अभिबृद्धि कर र आयकर समेतको राजश्व चुहावट गरेको अनुसन्धानबाट पुष्टी भएपछि मुद्दा दर्ता गरिएको विभागले आज विज्ञप्ति प्रकाशित गरी जनाएको छ । 

मूल्य अभिबृद्धि करतर्फ ४ करोड ३१ लख १९ हजार २६ रूपियाँ र आयकर तर्फ ७ करोड ८९ लाख ४२ हजार २ सय ७ रूपियाँ गरी १२ करोड २० लाख ६१ हजार २ सय ३३ रूपियाँ राजश्व चुहावट गरेको र बिगोको शतप्रतिशत जरिवान तथा ३ वर्षसम्म कैद सजायको माग दाबी गरिएको विभागले जनाएको छ । 
 

Advertisement

Advertisement