हुन्डाइले नेपाली बजारमा ल्यायो नयाँ ‘कोना इलेक्ट्रिक’, यस्तो छ फिचर

Advertisement

काठमाडौं । हुन्डाई अटोमोवाइलको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले हुन्डाईको नयाँ इलेक्ट्रिक कोना नेपालमा लन्च गरेको छ । नेपाली बजारमा विगत २ वर्षदेखि बिक्री हुँदै आएको हुन्डाई कोना इलेक्ट्रिक एक सफल क्रसओभर कार हो । नयाँ इलेक्ट्रिक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएर आएको छ ।

कोनाको इन्टेरियर तथा एक्टेरियरमा धेरैवटा अपग्रेड ग्राहकले पाउन सक्ने छन् । नयाँ कोनाको ड्राइभिङ रेन्ज बढेको छ भने नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभीटी फिचर थप भएर आएको छ । नयाँ कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटीभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राईभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङ, जस्ता आधुनिक सुरक्षा फिचर दिइएको छ । 

Advertisement

एक्टेरियरमा हेर्दा हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, नयाँ डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । अब कोना इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ ।

नयाँ कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने छ । व्याट्रीको ले–आउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कम गरी कोनाको ह्याण्डलीङ उत्कृष्ट बनाएको छ । जसले चालक र यात्रुलाई आरामदायी यात्रा प्रदान गर्नेछ ।

कोनामा रहेको ८ इन्चको टचस्क्रीनयुक्त भिजुअल न्याभिगेसन सिस्टमले ड्राईभिङ एक्सपिरियन्सलाई उच्चस्तरीय बनाउँछ । नेपाली बजारमा कोना इलेक्ट्रीक एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु तथा डार्क नाइट जस्ता उत्कृष्ट कलर अप्सनमा उपलब्ध हुनेछ ।

पहिलाको कोनाले जस्तै यो नयाँ कोनाले बजारमा धेरै ग्राहकको मन जित्ने कम्पनीले विस्वास लिएको छ । इभीको लागि अनिवार्य चार्जिङ स्टेसनलाई पनि लक्ष्मी इन्टरकन्टीनेन्टलले देशभर विस्तार गर्दै आएको छ । हाल नेपालको विभिन्न ३६ स्थानमा चार्जिङ स्टेशन स्थापना भइसकेको छ । 

कम्पनीले नेपालमा इभी बेच्ने मात्र नभएर इभी कल्चरको नै विकास गर्नका लागि यसै वर्ष भित्र ५० चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य लिएको छ । लक्ष्मी इन्टरकन्टीनेन्टलले देशभर रहेका आफ्ना १३ डिलर र १७ वटा सर्भिस सेन्टर मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । हुन्डाई विश्वको ठूला ५ कार निर्मातामा पर्ने अटोमोवाइल उत्पादक कम्पनी हो । 
 

Advertisement

Advertisement