Advertisement

काठमाडौं । निजी क्षेत्रको अन्तर्राष्ट्रिय उडानको वायुसेवा कम्पनी हिमालय एअरलाइन्सको घाटा १० अर्ब नाघेको छ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने तिब्बत एअरलाइन्स र यती वल्र्ड इन्भेष्टमेन्ट ग्रूपको संयुक्त लगानीको यो वायुसेवाले बार्षिक एक अर्बसम्म नै घाटा ब्यहोरिरहेको हिमालयएअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए ।

उनले भने ‘लक्ष्य अनुसार उडान गन्तव्य विस्तार गर्न नसक्दा र व्यवसायिक योजना अनुसार उडान समयमा नै सुरु नहुँदा यो वायुसेवा घाटामा सञ्चालन हुन पुगेको हो ।’ चार सय भन्दा बढी कर्मचारी रहेको यो कम्पनीले घाटा कम गर्ने र छिट्टै सञ्चालनमा नाफामा जाने गरी योजना पनि अगाडि सारेको छ ।

Advertisement

यो वायुसेवाले सन् २०२२ भित्रमै एउटा न्यारोबडि जहाज थप गरेर उडान गन्तव्य विस्तार गर्ने भएको छ । हाल चार वटा जहाजबाट मध्यम दूरीका गन्तव्यमा उडान गरिरहेको यो वायुसेवाले तत्कालै लामो दूरीको गन्तव्यमा उडान गर्ने योजना भने अगाडि नसारेको पनि श्रेष्ठले बताए । हिमालय एअरलाइन्स निजी क्षेत्रबाट ६ वर्ष अगाडि सुरु भएको वायुसेवा कम्पनी हो । 

Advertisement

Advertisement