दशैंपछि फेरि महंगियो डलर, एक डलर किन्नै १२१ रुपियाँ खर्चनुपर्ने

Advertisement

काठमाडौं । गत मध्य दशैंमा महंगिएको डलरको भाउ फेरि बढ्न थालेको छ । दशैंमा एक डलर किन्न १२१.१२ रुपैयाँ खर्चनुपर्ने अवस्था पुगेको भएपनि त्यसपछि झरेर ११८.७३ रुपियाँ कामय भएको डलरको भाउ करिब दुई महिनामा नै दुई रुपियाँ १५ पैसाले बढेको छ । पछिल्लो सयम फेरि डलरको मूल्य बढ्न थालेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । २१ मंसिर अर्थात मंगलबार डलरको भाउ १२०.९८ रुपियाँ पुगेको छ ।

गत वर्ष दशैंमा नेपाली मुद्रासँगको तुलनामा डलर सर्वाधिक महंगो हुन पुगेको थियो । नेपाल राष्ट्र बैैंकको तथ्यांक अनुसार असोज २७ गते दशैंको  अष्टमीको दिन डलर सबैभन्दा महंगो भएको थियो । तथ्यांक अनुसार डलरको भाउ अक्टोबर २०२१ लागेपछि बढिरेहकै भएपनि दशैंपछि अर्थात नोभेम्बर लागेपछि नै डलरको भाउ निरन्तर घट्दै गएको थियो ।

Advertisement

हाल प्रति डलर नेपाली रूपियाँसँगको सहटीदर १२० रुपैयाँ ९८ पैसा पुगेको छ । यो दर करिक दुई महिनामा अगाडिको ११८.७३ रुपियाँको तुलनामा २ रुपियाँ २५ पैसाले बढेको देखिएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार नेपाली रुपियाँसँग डलरको भाउ बढ्नुको अन्तरसम्बन्ध भारुसँग जोडिएको हुन्छ । भारुसँग नेपाली रुपियाँको कोर रिलेसन हुने हुँदा भारु कमजोर हुँदा डलर महंगिने गर्छ । यसर्थ नेपाली रुपियाँसँग तुलना गर्दा भारु किन कमजोर भयो र डलर किन महंगियो भनेर हुर्नुपर्ने राष्ट्र बैंकका अधिकारी बताउँछन् ।

डलर बलियो भएकै कारण अरु क्षेत्रमा भएको लगानी पनि अमेरिकी डलरतर्फ नै आकर्षिक हुने पनि गर्छ । जसको कारण डलरको भाउ बढ्ने गर्छ । नेपालमा आयात बढ्दा डलर बाहिरने गर्छ भने भारतको पनि पछिल्लो समय कच्चा तेलको आयात बढाउँदा बढेको देखिन्छ । भारतले कच्चा तेलको आयत बढाउँदा भारुको भाउ खस्कने र डलरको भाउ बढ्न जाने हुन्छ । त्यसैको प्रभाव नेपाली रुपियाँमा परेको छ भने नेपालमा हुने डलरको मागले बढी हुँदा पनि नेपाली रुपियाँसँगको तुलना भाउ बढीरहेको राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय विभागले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब दुई करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५.७ प्रतिशतले कमी आई २०७८ असोज मसान्तमा १३ खर्ब १९ अर्ब ३२ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ असोज मसान्तमा ६.५ प्रतिशतले कमी आएर १० अर्ब ९८ करोड कायम भएको छ ।

Advertisement

Advertisement