स्पेनिस ला लिगाः बिल्बाओ र गेटाफेको बराबरी

Advertisement

एजेन्सी/म्याड्रिड । स्पेनिस ला लिगाको मध्यम टोली एथलेटिक बिल्बाओले रेलिगेसनको दबाबमा रहेको गेटाफेसँग अंक बाँडेको छ । सोमबार राति भएको खेलमा बिल्बाओ र गेटाफेले गोलरहित बराबरी खेल्दै अंक बाँडका हुन् ।

गेटाफेको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर खेर फालेका थिए । ५५ प्रतिशत बल पोसेसन राखेको बिल्बाओले घरेलु टोली गेटाफेको रक्षापंक्ति तोड्न नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो । जारी लिगमा बिल्बाओको यो नवौं बराबरी हो । बिल्बाओ सर्वाधिक बराबरी खेल्ने टोली समेत बनेको छ ।

Advertisement

बिल्बाओपछि भ्यालेन्सिया, मालोर्का र भिल्लारियलले सात सात बराबरी खेलेका छन् । यता ४५ प्रतिशत बल पोसेसन राख्दै १७ वटा पोस्ट प्रहार गरेको घरेलु टोलीको जित निकाल्ने योजना पनि सफल भएन । लिगमा गेटाफेको यो पाचौं बराबरी हो । रेफ्रीविरुद्ध लगातार खनिएका गेटाफेका प्रशिक्षक क्वीक सान्चेज फ्लोरेसले खेलको अन्तिममा रातो कार्ड पाएका थिए । बिल्बाओका उनई सिमनो ‘म्यान अफ दी म्याच’ भए ।

बराबरीसँगै १६ खेलबाट २१ अंक बनाएको बिल्बाओ नवौं स्थानमा छ । गेटाफे रेलिगेसनको तिब्र दबाबमा छ । ११ अंक बनाएको गेटाफे १९औं स्थानमा छ । अन्तिम तथा २०औं स्थानमा रहेको लिभान्तेको आठ अंक छ । शीर्षस्थानमा रहेको रियल रियल म्याड्रिडको ३९ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ३१ र तेस्रो स्थानमा रहेको रियल बेटिसको ३० अंक छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

Advertisement

Advertisement