ललितपुरको डुकुछापमा डिशहोमको नयाँ स्याटेलाईट टेलिपोर्ट स्थापना

Advertisement

काठमाडौँ । डीटीएच सर्भिस दिदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको छ । 

छ्यासीकोट स्थित टेलिपोर्टबाट आफ्नो सेवा दिदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो स्याटेलाईट टेलिपोर्टस्थापना गरेको हो । 

Advertisement

अव कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो स्याटेलाईट टेलिपोर्ट स्थापना गरेको हो ।

छ्यासीकोटमा रहेको डिशहोेमको स्टेशन मार्फत फाईवर केवलको माध्यम मार्फत डुकुछापमा स्थापना भएको स्याटेलाईट टेलिपोटसम्म पुर्याई डिशहोमका सम्पूर्ण टेलिभिजनका सिग्नल स्याटेलाईटमा अपलिंक गरी प्रशारण गर्ने क्षमता राख्दछ ।  
 

Advertisement

Advertisement