दुई हेलिकप्टर कम्पनी थपिँदै, जहाज ल्याउने अनुमति पाइसकेः उड्डयन प्राधिकरण
एयरवस हेलिकप्टर हेलिकप्टरको एक प्रतिनिधिमूलक फोटो ।

Advertisement

काठमाडौं । कोरोना महामारी न्यूनिकरणसँगे नेपालको हवाई उद्योगमा थप दुई वटा हेलिकप्टर कम्पनी थप हुने भएका छन् । महामारीकै बीचमा तयारी अगाडि बढाएका यी दुई हेलिकप्टर कम्पनी सञ्चालन गर्न आवश्यक प्रक्रिया पूरा गरिरहेकोले हेलिकप्टरले जहाज ल्याएर उडान सञ्चालन गर्ने गरी तयारी गरेकोले दुबै वायुसेवालाई जहाज ल्याउनको लागि नो अब्जेक्सन लेटर (एनओसी) दिएको नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई सुरक्षा विभागले जानकारी दिएको छ । विभागका अनुसार अन्नपूर्ण र रोयल त्रिलोक हेलिकप्टर कम्पनीलाई वायुयान ल्याउन अनुमति दिइएको हो । यी दुई वायुसेवाले जति छिटो वायुयान ल्याएर परीक्षण उडान गर्छन्, त्यति नै छिटो उडान सञ्चालन अनुमति (एओसी) पाउने विभागले जानकारी दिएको छ ।

विभागका अनुसार दुबै वायुसेवाले एओसी पाउने पूरा गर्नुपर्ने आवश्य प्रक्रिया पूरा गरेर हेलिकप्टर ल्याउन समय मागेको छन् । दुबै हेलिकप्टर कम्पनील हाल प्रयोगमा रहेको एयरवस कम्पनीको ए३५० बीथ्री ई परिवारका हेलिकप्टर ल्याउने भएका छन । यी हेलिकप्टर ल्याएर नेपालमा पर्यटकीय दृश्यावलोकन, यात्रु चार्टर तथा उद्दार उडान गर्ने भएका छन् ।

Advertisement

हेलिकप्टर ल्याउन उड्डयन प्राधिकरणबाट अनुमति पाएकोले आवश्यक प्रक्रिया पूरा गरेर हेलि ल्याउने तयारी भइरहेको रोयल त्रिलोकका अध्यक्ष अनिल गौतमले जानकारी दिए । गौतमले कर्पोरेट नेपालसँग भने ‘सुरुमा एउटा हेलि ल्याएर उडान सुरु गर्दैै गर्ने र त्यसपछि अर्को थप गर्दै तीन वटासम्म ल्याउने छौं ।’ हेलिकप्टर आवश्यक स्रोतको जोहो हुँदै गरेको छ । पछिल्लो समय बैंकहरूमा तरलता अभाव भएकोले केही ढिलो भएको भएपनि यो हेलिकप्टरको जहाज ल्याएर छिट्टै व्यवसायिक उडान गरिने रोयल त्रिलोकका अध्यक्ष गौतमले बताए ।

अन्नपूर्ण हेलिकप्टरले पनि वायुयान ल्याउन एनओसी पाइसकेको छ । यो वायुसेवाले पनि एयरवस हेलिकप्टरले नै उपत्पादन गरेको इक्युरियल परिवारकै साना हेलिकप्टर ल्याउने भएको छ । यो वायुसेवाले नेपालमा भएका कम्पनीसँग एक हेलि खरिद गर्न पनि आवश्यक प्रक्रिया अगाडि बढाइरहेको भएपनि अन्तिम टुंगो भने लाग्न बाँकी भएको जानकारी दिएको छ । नेपाली कम्पनीसँग डिल नमिले नयाँ नै ल्याउने तयारी भएको सम्बन्धित वायुसेवा स्रोतले जानकारी दिएको छ ।

नेपालमा हाल नियमति उडानको कम्पनीको तुलनामा फिक्स विंङ्गका हेलिकप्टरको कम्पनी बढी छन् । हाल सञ्चालनमा रहेको हेलिकप्टरसँग करिब ३५ वटा हेलिकप्टर रहेको पनि हेलिकप्टर सोसाइटी अफ नेपालले जानकारी दिएको छ । हाल नेपालमा श्री एयर, सिम्रिक एयर, एयर डाइनेष्टि, माउनन्टेन हेलिकप्टर, मनाङ एयर, मुस्ताङ एयर, कैलाश हेलिकप्टर, अल्टिच्यूड एयर, फिस्टेल एयर, हेलि एभरेष्ट र प्रभु हेलिकप्टर सञ्चालनमा छन् ।  
 

Advertisement

Advertisement