सात दिनको तालिम दिएर कसरी नेपालमा बीमा सर्भेयरको पेशागत विकास हुन्छ ? – ई. ढकाल

Advertisement

काठमाडौं । इन्जिनियर सुदीप ढकाल युवा सर्भेयर हुन् । बत्तिस बर्षीय ढकाल बीमा सर्भेयरको रूपमा काम गर्न थालेको छ वर्ष पूरा भइसकेको छ । सर्भेयर आफैमा राम्रो पेशा भए पनि नेपालमा यसको तालिम अवधि जम्मा सात दिनको मात्रै हुनु र एक पटक मात्रै तालिम सञ्चालन गरिने हुँदा यसको व्यवसायिक विकासमा समस्या सिर्जना भएको उनको अनुभव छ । 

बीमा कम्पनी र बीमितबीच मध्यस्थता गर्नु सहज काम होइन
मैले सिभिल इन्जिनियरिङ विषय पढेको हो । मेरो पढाई सक्किएको सालमै नेपालमा विनाशकारी भुईंचालो आयो । कतिका लागि यो विनाशकारी बन्यो । तर मेरो लागि अवसर । त्यतिबेला बीमा क्षेत्रमा सिभिल इन्जिनियरको धेरै माग पनि भएको थियो । मैले सर्भेयर पेशामा आवद्ध हुने मौका पाए । अब सकभर यो पेशाबाट बाहिर जान्न ।

Advertisement

नेपालमा सर्भेयर बन्न इन्जिनियरिङ विषय लिएको वा अन्य केही मापदण्ड पूरा भएको हुनुपर्ने कानुनी व्यवस्था छ । तर, यसमा कमजोरी के छ ? भने जम्मा सात दिनको तालिम दिइन्छ यसका लागि । तालिममा सामान्य कुरा मात्रै सिकाइन्छ । यसले सर्भेयरलाई पुग्दैन । वास्तवमा सर्भेयरले त मोटर बीमा निर्देशिकाको राम्रो ज्ञान राखैकै हुनुपर्छ । सम्वन्धित क्षेत्रको बारेमा धेरे प्राविधिक ज्ञान राखेको हुनुपर्छ । 

बीमितको ढिलाई र कानुनी जटिलताको दोष सर्भेयरमाथि 
सर्भेयरले १५ दिनभित्रमा रिपोर्ट तयार गर्नुपर्छ । तर, यो धेरै व्यवहारिक भने छैन् । नेपालको हकमा गाडीमा सामान्य क्षति हुँदा मात्रै काम गर्न लामो समय लाग्ने गर्छ । ठूला कामका लागि बाहिरकै देशको सहयोग लिनुपर्ने अवस्था छ । यो पनि हाम्रो काममा हुने ढिलाईको प्रमुख कारण मध्ये एक हो ।

बीमितले पनि आफ्नो काजगपत्र समयमै मिलाएमा सर्भेयरलाई पनि थप सहज हुन्थ्यो । अन्य क्षेत्रमा केही हिनामिना भए जस्तै सर्भेयरकै क्षेत्रमा पनि एक दुई प्रतिशत हिनामिना हुनेगर्छ । त्यस्ता बेतिथि रोक्न बीमा समितिले पनि कडा कदम चाल्नुपर्छ ।

हुन त सर्भेयर पनि नियमअनुसार नै चल्ने हो । तर, कानुनले नसमेट्ने केही भ्यालुयसन गर्न हामीलाई पनि निकै गाह्रो हुन्छ । यस्ता छिद्रलाई समातेर गलत मनसाय भएका सर्भेयरले गैरकानुनी रूपमा नै लाभ उठाएका हुन सक्छन् । यसमा सम्बन्धित निकायको ध्यान जानु जरूरी छ । सर्भेयरलाई मात्रै दोष दिनुभन्दा पनि यसको कारण पत्ता लगाउनु र समाधान गर्नु ठूलो कुरा हो ।

युवालाई सुझाव
म त युवाहरूलाई यो पेशामा लाग्नुस् भनेर नै सुझाव दिन्छु । किनभने म आफै पनि सन्तुष्ट नै छु । तर, नयाँ साथीहरूले केही तयारी भने अवश्य गरेर आउनुपर्छ । यहाँ अन्य पेशामा जस्तै केही चुनौतीहरू छन् । नयाँ सर्भेयरको चुनौती भनेको साथमा पैसा हुँदैन । चरम आर्थिक अभावको सामना गर्नुपर्छ । हतार हतारमा काम गरेर पनि हुँदैन् । किनभने सर्भेयरको काम नै अध्ययन अनुसन्धानसँग सम्बिन्धत छ । 

अहिले एउटा विषय पढेको सर्भेयरले आफूले नपढेको विषयको समेत सर्भे गर्नुपर्ने बाध्यता छ । एउटा राम्रो फर्ममा काम गरेर समान्य कुरा सिक्नको लागि पनि सर्भेयरलाई कम्तीमा दुई वर्ष लाग्छ । यो पनि चुनौति नै हो । तर पनि यो पेशा परिस्कृत र व्यवस्थित हुँदै जानुको विकल्प छैन् । किनभने भोलिका दिनमा अझै प्रतिस्पर्धी सर्भयरहरुको माग बढ्दै जानेछ । त्यो भएकाले यो क्षेत्रमा राम्रो संभावना छ । 

सर्भेयरलाई इन्ट्रनसिप गर्न पनि निकै चुनौती छ । पलिो कुरा त काम बुझ्नै गाह्रो छ । अर्को कुरा भनेको आफूसँग पर्याप्त पैसा नभएको अवस्थामा विभिन्न ठाउँमा गएर रिर्पोट तयार पार्नुपर्छ । यो कताकता व्यवहारिक देखिदैन । यहाँबाट पनि कतिपय साथीलाई यो पेशा प्रति वितृष्णा बढेको पाइन्छ ।

त्यस्तै, सबैभन्दा बढि दाबी मोटर बीमामा पर्छ । मोटर बीमामा नै सर्भेयरको संख्या पर्याप्त छैन् । जब संख्या नै पर्याप्त छैन् भने समस्या त्यहाँबाट पनि सुरू भएको हुनसक्छ । पूरानो सर्भेयरले नै ठाउँ ओगटेकाले नयाँले पर्याप्त रूपमा सिक्ने अवसर पाउँदैनन् । नयाँलाई सिक्नको लागि फिल्ड कम हुनेगरेको छ । किनभने सर्भेयरको काम नै उच्च जोखिममा हुनेगर्छ । त्यही भएर पनि यो पेशामा इन्जिनियरिङ गरेको, चार्टर्ड एकाउन्टेन्ट सीए पढेको वा बीमा क्षेत्रमा १० वर्षको अनुभव हाँसिल गरेको मान्छे नै माग्ने गरिन्छ । सर्भेयरको संख्या १४–१५ सय जनाको हाराहारीमा रहे पनि सक्रिय रूपमा काम गर्ने सर्भेयर जम्मा दुई सयको हाराहारीमा मात्रै छन् ।

बीमा समितिलाई सुझाव
बीमा क्षेत्रको नियामक बीमा समितिबाट समय समयमा निर्देशनहरू परिवर्तन भइरहेकै छन् । त्यसमा भन्नुपर्ने केही छैन । सर्भेयरले तालिम लिएको लामो समयसँग काम सुरू गर्न पाएनन् भने पनि पूरानै तालिमको आधारमा काम गर्नुपर्ने बाध्यता छ । बीमा समितिले पछिल्लो समय सर्भेयर्स संघसँग नै छलफल गर्दै आएको छ । समितिलाई सर्भेयरको तालिमको संख्या बढाउन सके राम्रो हुन्थ्यो भन्ने मेरो सुझाव छ । ज्वाइन्ट सर्भे गर्नुपर्ने किसिमका जटिल केशहरूको हकमा बीमा समितिले पनि विदेशीहरूसँग छलफल गर्ने वातावरण बनाओस भन्ने मेरो धारणा हो ।

विदेशी विषेशज्ञहरू ल्याउने वातावरण बीमा समितिले बनाएमा समग्र बीमा क्षेत्रलाई नै राम्रो हुन्थ्यो । सम्बन्धित निकायको ध्यान पुगेमा सर्भेयरको संख्या तथा गुणस्तरमा वृद्धि हुने अवसर मिल्थ्यो ।  

Advertisement

Advertisement