नेको इन्स्योरेन्सको भवन उद्घाटन गर्दै अध्यक्ष सिलवालले भने-‘दाबी भुक्तानीमा उदाहरण बन्नु’

Advertisement

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको राजधानी काठमाडौँस्थित ज्ञानेश्वरमा सात तल्ले बीमा भवनको उद्घाटन भएको छ । आज एक समारोहका बीच बीमा समितिका अध्यक्ष सूर्य सिलवालले उक्त कार्यालय भवन उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा अध्यक्ष सिलवालले भने, ‘अब गरिबको पनि बीमा हुनुपर्छ, दाबी भुक्तानी छिटो छरितो हुनुपर्छ र बीमा कम्पनीले पैसा लिन्छन् भन्दा पनि दिन्छन् भन्ने सुनिनुपर्छ ।’ उनले प्रत्येक घर र व्यक्ती बीमाको दायरामा समेटिनु पर्ने बताए । नयाँ भवन उद्घाटन गरे जस्तै दाबी भुक्तानीमा पनि नेको इन्स्योरेन्स उदाहरण बन्न सकोस् भन्ने शुभकामना व्यक्त गरे । 

Advertisement

कार्यक्रममा कम्पनीका सीईओ अशोक खड्काले विगतमा २५ करोड चुक्ता पूँजी पुर्याउन धौधौ परेको कम्पनी अहिले उद्योगमा नै पहिलो दोस्रो स्थानमा आएको दाबी गरे ।

‘मह्तो ग्रुपको हात परेसँगै कम्पनीमा धेरै सुधार भयो । विगतमा ४५ करोड प्रिमियम संकलन हुँदा २५ सय फाइल थिए भने अहिले दुई अर्ब ४५ करोड प्रिमियम उठ्दा २१ सय वटा फाइल मात्रै पेण्डिङ रहेका छन् ।’–सीईओ खड्काले भने । उनले चालु आर्थिक वर्ष भित्रै उक्त फाइल संख्या १६ सयमा झार्ने लक्ष्य रहेको बताए ।

उक्त अवसरमा बीमा समितिका अध्यक्ष सिलवालसहित, कार्यकारी निर्देशक राजुरमण पौडेल, नेको इन्स्योरेन्सका सीईओ खड्का, कम्पनीका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, बीमा विज्ञ भोजराज शर्माको उपस्थिति थियो । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीका सीईओ शंकर रायमाझी हिमालयन रि का सीईओ चन्द्रशेखरन रामामुर्ती लगायत विभिन्न बीमा क्षेत्रका जानकारहरूको उपस्थिती थियो । 
     

Advertisement

Advertisement