चारतारे होटल बाराही काठमाडौंको संरचना तयार, ६ महिनाभित्रै सञ्चालन

Advertisement

काठमाडौं । पोखराको स्तरीय होटल बाराहीले काठमाडौंमा चार तारे स्तरको होटल खोल्दै छ । ठमेलमा निर्माणाधिन चार तारे होटल सहितको विजनेश कम्प्लेक्स बाराही प्लाजा नामक यो होटलमा ८० कोठा हुनेछन् ।

होटलको संरचना करिब तयार भएकोले अब आन्तरिक व्यवस्थापनसहितका काम गरेर ६ महिनाभित्र होटल सञ्चालनमा ल्याउने तयारी भइरहेको होटल बाराही काठमाडौंका कार्यकारी निर्देशक विल्लव पौडेलले जानकारी दिए ।

Advertisement

पोखराको वाराही ग्रुपले निर्माण गरिएको यो प्लाजाको विजनेश कम्प्लेक्स सहितको होटल बनाइरहेको छ । यसको वाहिरी संरचना तयार भएकोले अब कोभिडको असर कम हुँदै जाने र अवस्था सामान्य भए ६ महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी भएको जानकारी पौडेलले कर्पोरेट नेपाललाई बताए ।

उनका अनुसार बाराही ग्रुपले नै सञ्चालन गर्ने यो होटलसहित देशैभर थप होटल निर्माण गर्दै जाने योजना समेत रहेको छ । महामारीले तीन वर्ष अगाडि निर्माण सुरु भएको ठमेलकै होटल सञ्चालनमा ढिलाई भएकाले थप लगानी गर्ने र निर्माणाधिनलाई नै सञ्चालन गर्न गाह्रो हुने अवस्था देखिएकोले अहिले हाम्रा दीर्घकालिन योजनालाई केही समय पछाडि सारिएको पनि उनले बताए ।

यो प्लाजा निर्माणमा बाराही ग्रुपले करिब सवा अर्ब रुपियाँ खर्चिएको छ । यसको होटलमा हुने ८० वटा रुम मध्ये आठवटा सुइट र ७२ वटा डिलक्स रुम रहने भएका छन् । होटलमा कफीसप,रेष्टुरेण्ट र  बार रहनेछ। होटलको आठौँ तल्लामा भने इन्फिनिटी स्वीमिङ पुल हुने पनि उल्लेख छ । 

Advertisement

Advertisement