चांगन अटोले २ हप्तामा गरायो एक हजार टेस्ट ड्राइभ

Advertisement

काठमाडौँ । चीनको अग्रणी प्यासेन्जर ब्रान्ड चांगन अटोले २ हप्ताको अन्तरालमा आफ्नो प्रिमियम सेडान ‘एल्सभीन’ को १००० टेस्ट ड्राइभ गराउन सफल भएको छ। यस प्रिमियम सेडानको पप–अप शोरुम, २२ नोभेम्बरदेखि सोल्टी होटेलमा रहेको छ।

ग्राहकहरुले सोल्टी होटेल गई एल्सभीनको टेस्ट ड्राइभको सुअवसर प्राप्त गर्न सक्नेछन् । टेस्ट द्राइवका लागि , हप्ताको सातै दिन बिहान ८ बजेदेखि साँझ ७ बजेसम्मको समय तोकिएको छ । 

Advertisement

चांगन अटोले, काठमाडौँ उपत्यकाको विभिन्न अपार्टमेन्टहरुमा गाडी प्रदर्शनको लागि राखिएको थियो । ती अपार्टमेन्टका निवासिहरुले एल्सभीनको टेस्ट ड्राइभ र सुबिधाहरु बारे बुज्ने अवसर पाएका थिए। यस बाहेक, ग्राहकहरुले अन(कल टेस्ट राइड पनि लिन सक्ने छन् । साथै ग्राहकहरुले आफ्नो अनुकुल स्थानमा टेस्ट ड्राइभ लिन सक्ने कम्पनीले जनाएको छ । 

सोल्टी होटेलमा एल्सभीनको टेस्ट ड्राइभ जनवरी १९ सम्म सकिनेछ । यो साथसाथै विभिन्न हाउजिंगमा पनि गाडी डेमोका लागि राखिनेछ। ग्राहकहरुले टेस्ट राइड, सोल्टी होटेल अथवा अन–कलद्वारा पनि प्राप्त गर्न सक्नेछन्। 
 

Advertisement

Advertisement