गुहेश्वरी मर्चेण्ट बैंकिङको २२औँ शाखा इटहरीमा

Advertisement

काठमाडौँ । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको २२औँ शाखा सुनसरीको ईटहरीमा सञ्चालनमा आएको छ ।

उक्त शाखाको शुभारम्भ उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष दिबस पोख्ररेल रसंस्थाका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । 

Advertisement

ईटहरी शाखा सञ्चालनमा आए पश्चात् संस्थाको कूल शाखा संख्या २२ र एक्सटेन्सन काउन्टर २ पुगेको छ । 

यस संस्थाको चुक्तापूँजी रु. ८६.४० करोड तथा जगेडा कोषमा रु. ३९.९५ करोड रहेको छ भने निक्षेप संकलन रु.६४५ करोड तथा कर्जा लगानी रु. ५६७ करोड रहेको छ ।
 

Advertisement

Advertisement