चीनको वैदेशिक व्यापार ११ महिनामा  २२ प्रतिशतले वृद्धि

Advertisement

बेइजिङ । चीनको कुल आयात निर्यात सन् २०२१ को पहिलो ११ महिनामा वार्षिक रूपमा २२ प्रतिशतले बढेर ३५.३९ ट्रिलियन युआन (५.५५ ट्रिलियन अमेरिकी डलर) पुगेको आधिकारिक तथ्याङ्कले मंगलबार देखाएको छ ।

भन्सारको सामान्य प्रशासनका अनुसार सन् २०२० को लागि कुल ३२.१६ ट्रिलियन(युआनलाई पार गरिसकेको यो सङ्ख्या २०१९ मा महामारी स्तरको तुलनामा २४ प्रतिशतले बढेको हो ।

Advertisement

दुवै निर्यात र आयातले वर्षको पहिलो ११ महिनामा दोहोरो अङ्कको वृद्धि जारी राखेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः २१.८ प्रतिशत र २२.२ प्रतिशतले बढेको छ ।

नोभेम्बरमा मात्रै  देशको आयात र निर्यात वर्षको तुलनामा २०.५ प्रतिशतले बढेको छ जुन अक्टोबरको तुलनामा ११.४ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । रासस/सिन्ह्वा

Advertisement

Advertisement