कांग्रेस तानाशाही र कम्युनिष्टभन्दा फरक भएनः पूर्वगभर्नर नेपाल
File-Photo

Advertisement

काठमाडौँ । पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालद्वारा लिखित पुस्तक ‘बिपी कोईरालाको आर्थिक विचार’ सार्वजनिक भएको छ । 

डा. नेपालले पुस्तकमा आफूलाई बिपीले भनेका आर्थिक उन्नतिका तथा आर्थिक सोच र विचारहरु पुस्तकमा उल्लेख गरेका छन् । पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै पूर्वगभर्नर नेपालले नेपाली काँग्रेसले २०४८ सालयता आर्थिक र प्रजातान्त्रिक दृष्टिकोण दिन नसकेको बताए । 

Advertisement

उनले विश्वमै ख्याति कमाएका नेता विश्वेश्वरप्रसाद कोईरालाले स्थापना गरेको पार्टीमा कुनै विचार नै नहुनु राम्रो नहुने बताए । डा। नेपालले बिपीको दूरदृष्टि र स्पष्ट विचार बोकेर हिँडेको पार्टी आज तानाशाही र कम्युनिष्टभन्दा फरक बन्न नसक्नु चिन्ताको विषय भएको बताए । 

कार्यक्रममा उद्योगपति तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरीले आफ्नै खुट्टामा उभिनसक्ने राजनीतिक कार्यकर्ता नभएसम्म सही नेता नजन्मिने बताए । उनले पुस्तकमा भनेका बिपीका कुराहरु अहिले पनि उत्तिकै समय सान्दर्भिकक रहेको बताए । सांसद चौधरीले राजनीति पेशा नभइ सेवा गर्ने माध्यम हो भन्ने बिपीको भनाइ आज पनि उत्तिकै सान्दर्भिक भएको भएको बताए । 

सांसद चौधरीले बिपीजस्तो दूरदर्शी नेता नेपालमा अहिलेसम्म पनि जन्मिन नसकेको बताए । 

Advertisement

Advertisement