आज (मंसिर २३)को राशिफलः कस्तो रहला तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार ?

Advertisement

आज २०७८ साल मंसिर महिनाको २३ गते बिहीबार, मंसिर शुक्लपक्षको षष्ठी तिथि ।

मेष 
अकस्मात मनोबलमा कमि हुन जाने छ । शारीरिक थकान धेरै देखा पर्नेछ । मांसपेशी दुख्ने र रगतसम्बन्धी समस्याले दुःख दिने छ । साथै मनमा निराशाजनक भावले सताउने थाल्ने छ । जीवनप्रति रहेको उत्साहमा कमि आउने छ । सौन्दर्य प्रशाधनको ब्यापार, घर जग्गाको कारोवार, होटल, रेष्टुरेण्ट, डान्स बार, सजावटका सााग्रीहरुको कारोवार,  व्युटिपार्लर आदी जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई समय सकारात्मक रहने छ । शेयर बजार औसत हुने छ । 

Advertisement

वृष 
आम्दानीमा कमि हुने छ । समय प्रतिकुल रहेकाले संयमित रहनु होला । भाग्यको साथ नरहेकाले संघर्ष धेरै तर प्रतिफल कम प्राप्त हुँदा मनमा निराशा आउने छ । धेरै जोखिमपूर्ण काममा हात हाल्न समय छैन् । पेशागत जीवनमा केही समस्याहरु उत्पन्न हुने भएकाले तीसँग जुध्नु पर्ने हुन्छ । पेशागत जीवनक विषयले मनमा असाध्यै तनाव सृजना गराई दिने छ । राजनीति, बजार ब्यवस्थापन, न्याय क्षेत्र, लेखन, उच्च ब्यवस्थापक, वाणिज्य, पत्रकारिता, सञ्चार जगत, स्टेशनरी जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई समय प्रतिकुल छ । शेयर क्षेत्र पनि प्रतिकुल हुने छ । 

मिथुन 
परिवारको साथले गर्दा कर्मशिलतामा बृद्धि हुन जाने छ । पेशा ब्यवसाय प्रति भरपुर साहस आउने छ । भाग्यको साथ रहेकाले बाणिज्य, ब्यापार तथा ब्यवसायमा संलग्नहरुलाई फाईदा मिल्ने छ । खासगरी भाग्यको साथ रहेकाले पेशागत जीवनमा उन्नति हुने जाने छ । साझेदारीमा गरिएका कामहरुमा भने उल्झन देखा पर्ने जाने छ । सजावटका सामान, अस्पतालका सामानको आपूर्ति, औषधिको कारोवार, वाणिज्य, पत्रकारिता, ब्यवस्थापन, आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा हुने छ । शेयर क्षेत्र पनि फाइदाजनक रहने छ । 

कर्कट
आम्दानीमा बृद्धि हुने छ । भाग्यको साथ रहेकाले मनोबल बलियो हुने भएकाले परिस्थिति संम्हालिने छ । थोरै मेहनतबाट पनि धेरै फाइदा मिल्न पुग्ने छ । तर मनमा भने अत्याधिक धेरै दुविधाहरु देखा पर्ने छन् । साझेदारीमा गरिएका काममा बिबाद देखिने छ । साझेदारहरु बीच टकरावको अवस्था आउने छ । बजारीकरण, ब्यवस्थापन, संचारकर्मी, पत्रकारिता, सञ्चार क्षेत्र, ब्यापार विजनेश आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा हुने छ । शेयर बजार अनुकुल हुने छ । 

सिंह
बादबिबाद तथा अवरोधहरु एकपछि अर्काे गर्दै आउने भएकाले मानसिक रुपमा यसबारेमा तयार रहनु होला । रोजगारी तथा तथा व्यवसायमा समस्या देखा पर्न जाने छन् । साझेदारीमा गरिएका काममा पनि समस्याहरु देखा पर्ने छन् । सन्तान सुख प्राप्त हुने छैन् । भित्रि बुद्धि मन्द हुन पुग्दा मन्द ब्यक्तित्व कायम हुने छ । समय प्रतिकुल रहेकाले गर्न खोजेको काममा ढिला गरि मात्र प्रगति हुने छ । स्टेशनरी, शिक्षा क्षेत्र, लेखन, अध्ययन अध्यापन, प्रेस जगत, होटल, रेष्टुरेण्ट, आदीमा संलग्नहरु धैर्य भएर रहनु पर्ने छ । शेयर क्षेत्रबाट भने लाभ मिल्ने छ । 

कन्या
कसैसँग नडराउने ब्यक्तित्व हुने छ । असाध्यै कडाखाले ब्यक्तित्व हुने भएकाले आफु भन्दा सानाले भन्नु पर्ने कुराहरु पनि स्पष्ट रुपमा भन्न हिच्किचाउने छन् । मनमा भने उदासिनता देखा पर्ने छ । जीवनसाथिको सल्लाह लिएर काम गरेमा फाईदा मिल्ने छ । प्रशासन, न्याय क्षेत्र, राजनीति, ठेक्कापट्टा, उद्योग कलकारखाना, श्रम क्षेत्र आदीमा संलग्नहरुलाई समय अनुकुल रहने छ । प्रेममा सफलता मिल्ने छ । शेयर बजार पनि अनुकुल हुने छैन् । 

तुला
आम्दानीमा बृद्धि हुन जाने छ । पेशागत जीवन शुभ रहने छ । तर साझेदारीमा गरिएका कामहरुमा भने समस्याहरु देखिने छ । आत्माबल उच्च भएको दृढ ब्यक्तित्व हुने छ । रिस कडा खालको हुने भएकाले संयमित रहने प्रयास गर्नुहोला । बोली कडा शैलीको हुने हुँदा नियन्त्रित रहनु उपयुक्त हुने छ । उद्योग, कलकारखाना, ढुवानीका सवारीसाधन, औषधी ब्यापार, मेडिकल पसल, ठेक्कापट्टा, छालाजन्य वस्तुको कारोवार, भैंसीपालनमा लागेकाहरुलाई लाभ हुने छ । शेयर क्षेत्रबाट पनि लाभ हुने छ । 

वृश्चिक
औसतमा बोलीको प्रभाव बढ्ने छ । तर बोली आवश्यकता भन्दा अप्रत्याशित कडा देखा पर्ने भएकाले यसबारेमा विचार पु¥याउनु होला । पेशागत जीवनमा आँटेका कामहरुमा सफलता प्राप्त हुने छ । तर आफुले खेलेको भुमिका अनुसार कदर नहुँदा निराशा आउने छ । भाग्यको साथ रहेकाले आम्दानीमा बृद्धि हुन पुग्ने छ । कतिपय सन्दर्भमा अघि नै नबढ्नु पर्ने विषयमा पनि मेहनत गर्न मन लागि पराक्रमी स्वाभाव देखाउन मन लाग्ने छ । बोडिङ्ग स्कूल, कलेज तथा विश्वविद्यालय, शिक्षा क्षेत्र, अध्ययन अध्यापन, परामर्श जस्ता क्षेत्रमा सक्रियहरुलाई फाईदा मिल्ने छ । शेयर बजार लाभदायी रहने छ । 

धनु 
आफ्नो लक्ष्य वा सपना पुरा गर्न सक्रिय हुने स्वाभावमा बृद्धि हने छ । मेहनत र पराक्रमी स्वाभाव हुने छ । जीवनसाथिको सल्लाहमा काम गरेमा फाईदा हुने छ । परिवारमा सुमधुर वातावरण रहने छ । भाग्यको साथ कम भएकाले ढिलो गरि मात्र नतिजा आउने हुँदा धैर्यता नगुमाउनु होला । ब्यवसायिक जीवनमा धेरै जोखिपूर्ण निर्णय नलिनु होला । शेयर बजार धेरै औसत हुने छ । 

मकर
आम्दानीमा केही बृद्धि हुन जाने छ । परिवारका सदस्यहरुले विश्वास गर्ने छन् । मनमा भने निराशाले च्याप्ने छ । जसले गर्दा उत्साह र उमङ्गको कमि हुन जाँदा आलसी ब्यक्तित्व बन्न जाने छ । पेशागत जीवनमा पनि नसोचेका समस्याहरु देखा पर्ने भएकाले अत्यन्त संयमित भएर पाइला चाल्नु होला । जसले गर्दा आफ्नो पेशाप्रति वितृष्णा देखा पर्ने भएकाले पेशागत विषयमा मौन नै रहँदा उत्तम हुने छ । लेखन, प्रवचन, परामर्श, शिक्षा क्षेत्र, बौद्धिक पेशा जस्ता क्षेत्रमा संलग्नहरुलाई समय अनुकुल छ । शेयर बजार औसत रहने छ । 

कुम्भ 
मनमा उदासिनताले च्याप्ने छ । परिवारमा झगडा वा कटुता देखा पर्ने छ । दाम्पत्य जीवनमा राम्रो गर्न खोज्दा खोज्दै पनि नकारात्मक अवस्था आउने छ । अत्यन्त कडा प्रकृतिको ब्यक्तित्व हुने भएकाले विषयवस्तु बिग्रिन पुग्ने भएकाले यसबारेमा ध्यान दिनुहोला । रिस कडा खालको हुन जाँदा अनावश्यक रुपमा तिक्तता खाले वातावरण बन्न पुग्ने छन् । प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले कसैसँग नदब्ने बानी भने हुने छ । ब्यवस्थापन, नेतृत्व, ब्यवस्थापक, स्टेसनरी, कलेज, बोडिङ्ग स्कुल, शैक्षिक संस्था जस्ता क्षेत्रमा आवद्धहरुलाई समय धेरै अनुकुल बन्न सक्ने छैन् । शेयर बजारबाट लाभ मिल्ने छ । 

मीन
पेशागत जीवनमा बिबादका क्रमहरु देखिने छ । ब्यापार विजनेश गर्नेहरुलाई फाइदा मिल्ने छ । सेवा क्षेत्रमा रहेकाहरुको हकमा भने समय औसत रहेको छ । बोलीमा कडापन आउने हुँदा आफैलाई घाटा हुन जाने छ । परिवारमा झगडा देखा पर्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा भने केही बलियोपना देखिएकाले असजिलो परिस्थितिमा पनि नडराउने दृढता देखा पर्ने छ । पुस्तक प्रकाशन, पत्रकारिता, स्टेशनरी, वाणिज्य ब्यापार जस्ता क्षेत्रमा सक्रियहरुलाई समय केही अनुकुल बन्ने छ । शेयर क्षेत्र औसत रहने छ । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement