सवा लाख ऋणीले पाए सस्तो ब्याजदरमा दुई खर्ब, कुन बैंकबाट कति (सूचीसहित)

Advertisement

काठमाडौं । सरकारले ब्याज अनुदान दिएर बैैंक तथा वित्तीय संस्थालाई सहुलियत कर्जा दिन प्रवद्र्धन गरेपछि हालसम्म सवा लाख ऋणीले सवा दुई खर्ब रुपियाँ नै सस्तो ब्याजदरमा कर्जा पाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज २०७८ सम्मको तथ्यांक अनुसार क देखि घ वर्गका बैंक तथा वित्तीय संस्थाहरूबाट एक लाख २९ हजार ६८० ऋणीले दुई खर्ब ३१ अर्ब रुपियाँ सस्तो ब्याजरमा कर्जा पाएका छन् । बैंक तथा वित्तीय बाँकी कर्जा अझै एक खर्ब ९८ अर्ब रुपियाँ रहेको पनि राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरूबाट एक लाख नौ हजार ऋणीले दुई खर्ब १ अर्ब, विकास बैंकहरूबाट १८ हजार ऋणीले २७ अर्ब, फाइनान्स कम्पनीहरूबाट १५ सय ऋणीले दुई अर्ब र लघुवित्तबाट १११ ऋणीले ११ करोड रुपियाँ सहुलियत दरको कर्जा लिएको छन् । यस्तो कर्जा लिएका ऋणीमध्ये वाणिज्य बैंकबाट एक खब ७१ अर्ब, विकास बैंकबाट  २४ अर्ब, फाइनान्सबाट दुई अर्बर लघुवित्तहरूसँग नौ करोड रुपियाँ बाँकी कर्जा रहेको पनि तथ्याकले देखाएको छ ।

Advertisement

नेपाल राष्ट्र बैंकले असोज मसान्तसम्म सहुलियत कर्जाका लागि प्रदान गरिएको ब्याज अनुदान रकम नौ अर्ब १५ करोड रुपियाँ रहेको पनि उल्लेख गरेको छ । केन्द्रीय बैंकबाट ब्याज अनुदान पाएर ५ प्रतिशत भन्दा कम ब्याजदरमै कर्जा प्रदान भएकोमध्ये बिना धितो ऋण लिने ऋणीको संख्या ६ हजार रहेको छ । यी ऋणीले तीन अर्ब ६२ करोड पाइसकेको पनि तथ्यांकले देखाएको छ ।

यस्तो कर्जा लिनेमा सबैभन्दा बढी महिला उद्यमशील कर्जा ७३ हजारले ७६ अर्ब रुपियाँ ऋण लिएका छन् । त्यसपछि व्यवसायीक कृषि तथा पशुपन्छि कर्जा ५३ हजारले लिएका छन् । ऋणी संख्याका हिसावले यो कर्जा महिला उद्यमशील कर्जा लिने भन्दा कम भएपनि ऋण संख्याका हिसावले पनि बढी छ । यस्तो कर्जा लिने ऋणीले एक खर्ब ४९ अर्ब लिइसकेका छन् ।

सस्तो ब्याजदरमा लिएका ऋणहरूको विवरण

Advertisement

Advertisement