विवाहपञ्चमीमा शौर्य सिमेन्टको शिविर, दर्शनार्थी र यात्रीलाई राहत

Advertisement

काठमाडौँ । जनकपुरधाममा भएको विवाहपञ्चमी महोत्सवमा शौर्य सिमेन्टको प्रायेजन र विजय लक्ष्मी मिडिया फाउन्डेशनको आयोजनामा निःशुल्क शिविरको आयोजना गरेको छ । विवाहपञ्चमि महोत्सवमा आउने दर्शनार्थिहरुको सेवा सत्कारको लागि यो शिविरको आयोजना गरिएको थियो । 

शौर्य सिमेन्टबाट आयोजीत उक्त निःशुल्क शिविरमा दर्शनार्थीहरुको लागी चिया पानीको व्यवस्था गरिएको थियो । सेवा भावले आयोजना गरिएको उक्त  शिविरबाट १० हजार भन्दा बढि व्यक्ती लाई सेवा प्रदान गरिएको थियो । 

Advertisement

मंसिर २२ गते भएको रामसीता विवाहोत्सवमा नेपाल र भारतका विभिन्न स्थानहरुबाट दर्शनार्थिहरु आउने गर्दछन् साथै प्रत्येक वर्ष अयोध्याबाट जन्ती आउने गर्दछन् । यस अवसरमा जनकपुरधाममा जानकी मन्दिरले विभिन्न वैवाहिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । 

साथै यस अवसरमा शौर्य सिमेन्टको नाटक पनि जनकपुरधामको राम चौकमा मंचन गरिएको थियो साथै शौर्य सिमेन्टबाट सोधिएको प्रश्नहरुको सहि जवाफ दिने विजेताहरुलाई शौर्य सिमेन्टको तर्फबाट टिसर्ट पनि बाँडिएको थियो । 

साथै शौर्य सिमेन्ट मिथिला मधेशको उत्पादन रहेको हुनाले मिथिलाको कला संस्कृति परम्परामा कदम मा कदम मिलाउदै सदैव सेवा भावका लागी तत्पर रहने शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महतले जानकारी दिए । 
 

Advertisement

Advertisement