आईसीएफसी फाइनान्स र  स्वाभिमान लघुवित्तको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौँ । आईसीएफसी फाइनान्स र  स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । 

नेप्सेका अनुसार आईसीएफसीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ६३९.८२ कायम गरिएको छ । यसअघि रु. ७०३.८० थियो । 

Advertisement

त्यसैगरी स्वाभिमान लघुवित्तले शेयरधनीहरुलाई ३२.३० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. १९१९.८८ कायम गरिएको छ । यसअघि रु. २५४० थियो । 

समायोजन गरिएको मूल्यबाट आजैदेखि शेयर कारोबार शुरु भएको नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement