शेयर बजार घट्दै गएपछि लगानीकर्ताहरु निराशः यस्तो रह्यो यो साता

Advertisement

काठमाडौँ । शेयर बजार विहीबार पनि घटेको छ । साताका पाँच दिन मध्ये ४ दिन बजार घटेको छ भने १ दिन बजार बढेको थियो । बजार घट्दै गएपछि लगानीकर्ताहरुमा निराशा छाएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार ५.८४ अंकले घटेको हो । बजार ०.२४ प्रतिशतले घट्दा नेप्से परिसूचक २४४९.९७ अंकमा ओर्लिएको छ । 

आज २३१ कम्पनीका ६२ लाख २३ हजार ७ सय २१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७ सय ९२ रुपियाँ बराबरको कारोबार भएको हो । बजार घटेको दिन होटल, अन्य र म्युचुअल फण्ड क्रमशः १८.७७, ४.१७ र ०.०१ अंकले बढे पनि बाँकी समूह राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ६०.२७ अंकले घटेको हो । 

Advertisement

नेप्सेका अनुसार आज सिनर्जी पावरका लगानीकर्ताले सबैभन्दा बढी ४.५५ प्रतिशतले नाफा कमाएका छन् भने सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले सबैभन्दा बढी ५.८२ प्रतिशतले घाटा व्यहोरेका छन् । हिमालयन डिस्टिलरी लिमिटेडको उच्च कारोबार भएको छ । हिमालयनको ८ करोड ८५ लाख ५२ हजार २ सय ५.२० रुपियाँ बराबरको कारोबार भएको हो । 

साताको पहिलो दिन आइतबार ७२.३२ अंकले बजार घट्दा ४ अर्ब ९ करोड ७ लाख ६५ हजार २ सय २५ रुपियाँ, सोमबार ३२.२२ अंकले बजार बढ्दा ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २ सय ७१ रुपियाँ, मंगलबार ३७.१८ अंकले बजार घट्दा ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपियाँ र हिजो बुधबार ५३.१० अंकले बजार घट्दा २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६ सय २० रुपियाँ बराबरको कारोबार भएको थियो । 

गत भदौ महिनाको ३ गते बिहीबार हालसम्मकै उच्च बिन्दु ३१९८.६० अंकमा पुगेको बजारमा त्यसपछिका दिनमा उतारचढाव आइरहेको छ र पछिल्ला दिनहरुमा निरन्तर घटिरहेको छ । साउन ३१ गते हालसम्मकै उच्च २१ अर्ब ६३ करोड ७६ लाख ६ सय ६५ रुपियाँ बराबरको कारोबार भएकोमा उक्त रकम पनि घट्दै आएको छ । 

Advertisement

Advertisement