किम्फ फिल्म महोत्सव सुरु, २८ मुलुकका ६० फिल्म देखाइने

Advertisement

काठमाडौं । जलवायु संकटप्रति गम्भीर बन्न आग्रह गर्दै सुरु भयो यो वर्षको किम्फ फिल्म महोत्सव काठमाडौंमा सुरु भएको छ । काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण बिहीबारदेखि चलचित्र विकास बोर्डको अडिटोरियममा सुरु भएको हो ।

मंसिर २७ गतेसम्म चल्ने फेस्टिभलको उद्घाटन सत्रलाई भारतका चर्चित वातावरण अभियन्ता तथा रोलेक्स अवार्ड विजेता सोनाम वाङचुकले विशेष सम्बोधन गरे । यसपटक किम्फ फेस्टिभलको मुख्य थिम ‘क्लाइमेट कर्म’ राखिएको छ । 

Advertisement

वातावरण अभियन्ता तथा किम्फका प्रमुख अतिथि वाङ्चुकले हिन्दूकुश हिमालय क्षेत्रमा देखिएको जलवायु असरप्रति गम्भीर हुनुपर्ने बताए । आमिर खानको चर्चित बलिउड फिल्म थ्री इडियट्स वाङचुककै जीवनबाट प्रभावित छ ।  मानव सभ्यताको सबैभन्दा ठूलो खोजी प्रेम र सम्बन्ध रहेको चर्चा गर्दै अभियान्ता वाङचुकले जलवायु परिवर्तनको असरप्रति गम्भीर बन्न सरकार र नागरिक दुबै गम्भीर बन्नुपर्ने बताए । 

यो वर्षको महोत्सवमा जलवायु परिवर्तनका असर चित्रण गरिएका फिल्म, लैंगिक समानता र सशक्तीकरणका सन्देश दिने फिल्महरु किम्फमा देखाइने भएको छ । डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, सर्ट र एनिमेसन फिल्म गरी २८ मुलुकका ६० भन्दा बढी फिल्म अनलाइन र प्रत्यक्षरुपमा देखाइने भएको छ । विश्वभरदेखि दर्शकले सबै फिल्मलाई महोत्सव अवधीभर किम्फ फिल्म फेस्टिभलको पोर्टलमा हेर्न सक्नेछन् । 

फेस्टिभल शुभारम्भ काइली रुडिक निर्देशित १८ मिनेट लामो वृत्तचित्र ‘ड्रीम माउन्टेन’ प्रिमियरसँगै सुरु भयो । एक बच्चाकी आमा समेत रहेकी नेपाली महिला हिमाल आरोही पासाङ ल्हामु शेर्पाले गरेको संघर्षपूर्ण हिमाल आरोहणको कथा यसमा समेटिएको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो हुनेलाई २ लाख रुपियाँ, द्धितीय हुनेलाई डेढलाख र तृतीय हुनेलाई १ लाख रुपैयाँ नगद दिइने भएको छ । नेपाली पानोरमामा उत्कृष्ट हुने वृत्तचित्रले ७५ हजार नगद र उत्कृष्ट आख्यानात्मक फिल्मले १ लाख रुपियाँ पाउनेछन् । उत्कृष्ट माउन्टेन फिल्मले १ हजार अमेरिकी डलर प्राप्त गर्नेछ । 

Advertisement

Advertisement