नेपालमा चौंथो बार्षिकोत्सव मनाउँदै भिभो, ‘सेल्स कार्निभल’मा मोवाइल किन्दा विभिन्न उपहार

Advertisement

काठमाडौं । लोकप्रिय चिनियाँ स्मार्टफोन ब्राण्ड नेपालमा भित्रिएको चार बर्ष भएको छ । उक्त अवसरमा भिभो नेपालले तीन साता भन्दा लामो ‘भिभो सेल्स कार्निभल’ बुधबारबाट सुरु गर्ने भएको छ । 

कम्पनीले मंगलबार पत्रकार सम्मेलन गरी सेल्स कार्निभलमा भिभो मोवाइल किन्नेहरुलाई विभिन्न उपहारहरु प्राप्त हुने जानकारी दिएको हो । साथै, यसै अवसरमा भिभो नेपालले वाई१५एस नेपालमा भित्राएको छ । 

Advertisement

भिभो कार्निभल डिसेम्बर १५ बाट सुरु भएर जनवरी ५ सम्म चल्नेछ । यस अवधिमा भिभोको भी२०, भी२०एसई, भी२१, भी२१ई, वाई१२एस खरीद गर्ने ग्राहकलाई फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरी गोलाप्रथाबाट पुरस्कारहरु प्रदान गरिने छ । मोवाइल खरीदमा ल्याबटप, हेडफोन, भी२१ई फोन, ब्ल्युतुथ स्पिकर, इयरबर्डस्, जस्ता उपहारहरु प्रदान गरिने जनाइएको छ । साथै, यस समयमा भिभोको फोन खरीद गर्नेले निर्धारित समयभन्दा थप छ महिना बढी वारेन्टीसमेत पाउने छन् । 

चौंथो बार्षिकोत्सवकै अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल अर्फन एण्ड हेल्पलेस चिल्ड्रेन डेभलपमेन्ट एशोसियशनसँग सहकार्य गरी द न्यू युथ चिल्ड्रेन डेभलपमेन्ट सोसाइटी, न्यू चिल्ड्रेन होममा आश्रय लिएका बालबालिकालाई स्टेशनरी उपहार दिइनुका साथै खाना खुवाइएको जनाइएको छ । 

कम्पनीले सार्वजनिक गरेको नयाँ मोवाइल वाई१५एसको मूल्य १९ हजार ९९९ रहेको छ । लामो समयसम्म टिक्ने ब्याट्री रहेको यस मोवाइलमा पाँच हजार एमएएचको ब्याट्री प्रयोग हुन्छ । यसमा साइड माउन्टेड फिङ्गरप्रिन्ट प्रविधि, डुअल एआई क्यामेरा, ६.५१ को हेलो फुलभ्यू डिस्प्ले जस्ता विशेषता रहेका छन् । 

Advertisement

Advertisement