वर्ल्डलिंकले ल्यायो सुपथ मूल्यमै छ सय एमबीपीएस गतिको इन्टरनेट, सद्भावना दूतमा निर्मल पूर्जा

Advertisement

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालमा पहिलो पटक छ सय एमबीपीएस गतिको इन्टनरेट सेवा सुरु गरेको छ । 

उपभोक्तालाई सूपत मूल्यमा उच्च गतिको सेवा दिने उद्देश्यसहित सो सेवा सुरु गरेको कम्पनीले बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो । 

Advertisement

वर्ल्डलिकंले आगामी दिनमा आफ्नो सेवा कम्तीमा पनि १५० एमबीपीएस गतिको हुने घोषणा समेत गरेको छ । उपभोक्ताले विगतको भन्दा सस्तो मूल्यमा नै १५० एमबीपीएस गतिको इन्टरनेट सेवा अनुभव गर्न पाउने जनाइएको छ । 

घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार चार सय रूपियाँ अर्थात मासिक एक हजार दुई सय रूपियाँमा १५० एमबीपीएस गतिको सेवा लिन सक्नेछन् । त्यस्तै, १५० एमबीपीएससहित २२५ एमबीपीएस र तीन सय एमबीपीएस गतिको इन्टरनेट पनि पहिलेको भन्दा कम मूल्यमा नै उपभोग गर्न पाइने कम्पनीले जनाएको छ । 

वर्ल्डलिंकका निर्देशक मनोज अग्रवालले भने, ‘हामीले सधैं उपभोक्तालाई सस्तो मूल्यमा नै गुणस्तरीय सेवा दिने प्रयास गरिरहेका छौं । नेपालको इन्टरनेटको गतिलाई पनि विश्वमै प्रतिस्पर्धी बनाउने हाम्रो नयाँ योजना रहेको छ ।’ 

अहिले वर्ल्डलिंकले साढे पाँच लाख ग्राहकलाई इन्टरनेटसँग जोडेको छ । आजै कम्पनीले आठ हजार मिटर भन्दा अग्ला विश्वका १४ वटा हिमाल सात महिनामा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका निर्मल पूर्जालाई वर्ल्डलिंकको सद्भावना दूत नियुक्त गरेको छ ।

Advertisement

Advertisement