अर्थतन्त्र चित्रः रेमिटेन्ससहितको विदेशी मुद्रा संचिति घट्यो, शोधनान्तर घाटा बढ्यो

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म आइपुग्दा अर्थतन्त्रको चित्र ओरालो लागेको छ । चालू आवको चौथो महिना कात्तिकमा शोधान्धर घाटा १ खर्ब ५० अर्ब रुपियाँ पुगेको छ । राष्ट्र बैंकाको तथ्यांक अनुसार चालू आवको कात्तिकसम्ममा आइपुग्दा शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब ३८ करोड रुपियाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब १० अर्ब ६५ करोड रुपियाँले घाटा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड १७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब २६ करोडले घाटामा रहेको छ । समीक्षा अवधिमा चालु खाता दुई २३ अर्ब १९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १९ अर्ब १ करोड रुपियाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ८६ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८८ करोडले घाटामा रहेको छ ।

Advertisement

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३९.३ प्रतिशतले कमी आउँदा दुई अर्ब ५२ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७७.० प्रतिशतले वृद्धि भई ६ अर्ब ६३ करोड रुपियँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब १५ करोड रुपयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब ७५ करोड रहेको थियो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आव लागेपछि शोधान्तर बचत ३८ अर्ब रुपियाँबाट १५० अर्ब रुपियाँ घाटामा गएको छ । यस्तै चालू खाता घाटा पनि ४७ अर्ब रुपयाँबाट २२३ अर्ब घाटामा गएको छ ।

यस्तै विदेशी मुद्राको संचिति पनि १३ खर्ब ५४ अर्बबाट घटेर १२ खर्ब ४४ अर्ब रुपियाँमा सिमित भएको छ । यस अविधिमा विदेशी मुद्राको बलियो स्रोत मानिएको रेमिटेन्स चालू आव लागेपछि गत आवको तुलनमा उल्लेख्य रुपमा बढ्न सकेको छैन् । साउनमा ७५ अर्ब रुपियाँ रमेमिटेन्स भित्रिएकोमा कात्तिकमा ७३ अर्बमा झरेको छ । रेमिटेन्स आय कात्तिकमा आइपुग्दा चालू आवको चार महिनामा तीन खर्ब १२ अर्ब रुपियाँ भएको देखिएपछि यो तथ्यांक गत वर्षको सोही अवधिको तुलनामा कम हो । गत वर्ष समीक्षा अवधिसम्मको रेमिटेन्स आय तीन खर्ब ६२ अर्ब रुपियाँ पुगेको थियो ।

यो अवधिसम्म आइपुग्दा आयात चुलिएको कारण व्यापार घाटा बढेको छ । कात्तिकसम्ममा व्यापार घाटा ५ खर्ब ६८ अर्ब रुपियाँ छ । यस्तो व्यापार घाटा गत वर्षको समीक्षा अवधिको तुलनामा ६१ प्रतिशतले बढेको हो । यस्तो व्यापार घाटा अघिल्लो वर्षको सोही अवधिमा तीन खर्ब ६२ अर्ब रुपियाँको थियो ।
 

Advertisement

Advertisement