पाँच हजार डलरको कोरोना बीमा र १४ दिनको क्वारेन्टिन फेरि ! पर्यटन क्षेत्र आतंकित

Advertisement

काठमाडौं । कोरोना महामारीको विश्वव्यापी लहरलाई खोपको मात्रा पूरा हुँदै जाँदा न्यूनीकरण भएर सामान्य अवस्थामा जाँदै गर्दा फेरि नयाँ भेरिएन्ट ओमिक्रोनले त्रास थप्न थालेको छ । नेपालले ओमिक्रोनको भाइरस भित्रन नदिने र सचेतना अपनाउँदै अफ्रिकी मुलुकबाट आउने यात्रुलाई १५ दिन अगाडि नै रोकिसकेको छ । सरकारले दक्षिण अफ्रिका, बात्स्वाना, जिम्वाबे, नामिबिया, लेसोथो, आइस्वाधिनि,  मोजाम्बिक, मलावी र हङकङमा पहिलो ट्रान्जिट भएर आउने विदेशी नागरिकलाई रोकिसकेको छ ।

महामारी फेरि बढ्न सक्ने भन्दै सचेतना अपनाउन र कडाइ गर्ने गरी सरकारी नीति आउँदा पर्यटन क्षेत्र भने फेरि आतंकित हुन थालेको छ । सरकारले महामारीका कारण गत वर्ष नेपाल आउन प्रति पर्यटक ५ हजार डलरको कोरोना बीमा र १४ दिन क्वारेन्टिन अनिवार्य गरिएको थियो । खोपको मात्रा पूरा भएका पर्यटकको आवत जावत हुँदै गर्दा र महामारी न्यूनीकरण भएको भनेर हटाइएको यस्तो व्यवस्था फेरि लागू गर्न खोजिएको पर्यटन व्यवसायीले बताएका छन् ।

Advertisement

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्चुत गुरागाईंका अनुसार सरकारले खोपको मात्रा पूरा गरेका पर्यटकलाई क्वारेन्टिनमा राख्नुको अर्थ नहुने र ५ हजार डलरको बीमा भनेर आतंकित मात्रै गर्न खोजिएको बताएका छन् । उनका अनुसार हटिसकेको उक्त बीमा र क्वारेन्टिन भन्दा पनि संक्रमित आउँदा नै सचेतना अपनाउने नेगेटिभ रिपोटलाई आउन दिने, विमानस्थलमा चेक गर्नेदेखि सोधै गन्तव्यमा जान दिनुपर्ने हुन्छ । त्यसका लागि सचेना अपनाउने, आइसोलेसनको गन्तव्यमा पठाउने, खोपको मात्रा पूरा गरेकालाई बाधा नपार्ने र सहजीकरण गर्नुपर्नेमा आतंकित मात्रै पार्न खोजिएको छ ।

ओमिक्रोनको त्रासका कारण करिब दुई वर्षदेखि थलिएको पर्यटन विस्तारै बढ्दै गरेको भएपनि पुनः आतंकित हुन थालेको होटल संघ (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले बताए । उनका अनुसार ओमिक्रोनको त्रासकै कारण कतिपय आइसकेको बुकिङ रद्ध भएको त भने कतिपय वेट एण्ड सिमा नै रहेका छन् ।

सोसाइट अफ टुर एण्ड ट्राभल अपरेटर्स (सोट्टो नेपाल)का अध्यक्ष नारायण पराजुलीका अनुसार महामारीका कारण फेरि समस्या सुरु हुने देखिसकेको छ । सरकारले पर्यटक आवगमनमै कडाइ गरेका कारण पनि पर्यटक ल्याउनै समस्या भएको छ । पर्यटक आउन तयार भएकालाई पनि सकारी व्यवस्थाकै कारण अतकिंत बनाइएको पनि उनको बुझाई छ ।
 

Advertisement

Advertisement