पैतिस विमानस्थलमा घाँस काट्न र चरा धपाउन बजेट छुट्याउन लगाएको छु: मन्त्री आले

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले देशैभर नियमति उडान सञ्चालन हुने ३५ वटा विमानस्थलमा घाँस काट्न र चरा थपाउन आवश्यक बजेट छुट्याउन निर्देशन दिएको बताएका छन् । वायुसेवा सञ्चालक संघले आयोजना गरेको एक कार्यक्रलाई सम्बोधन गर्दै मन्त्री आलेले भने जंगली जनावरको आतंक हटाउ र जहाज उडान अवतरणमा दुःख नदिन तथा विमानस्थल सफा राख्न पनि सबै उडानयोग्य विमानस्थमा निमिति घाँट काट्न बजेट छुट्याउन लगाएको बताए ।

उनले विमानस्थलमा चराको गतिविधि बढ्ने र जहाजमा आएर ठोकिने घटना बढेको भन्दै चरा थपाउने आवश्यक कार्यको लागि पनि हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बजेट छुट्याउन लगाएको बताएका छन् । उनले कुन प्रयोजनका लागि कति बजेट भनेर चाहिँ खुलाएनन् ।

Advertisement

कार्यक्रममा पर्यटन सचिव महेश्वर न्यौपानेले हवाई सुरक्षाका लागि सम्बन्धित वायुसेवा जिम्मेवार हुनुपर्ने बताए । कार्यक्रममा प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले नियामक निकाय र वायुसेवा कम्पीबीच अन्तरसम्बन्ध कायम गरेर जानुपर्ने तर हवाई सुरक्षाको मापदण्ड पालनामा कुनै सम्झौता नहुने बताए ।

उनले नियामक निकायको वायुसेवा कम्पनीलाई गराउने काम कारवाहीमा दण्ड सजाय गरेको भनेर हुर्नभन्दा पनि सुरक्षाका उपाय अवलम्बन गर्न लगाएको र यात्रु सुरक्षामा सचेतना दिएको भनेर बुझनुपर्ने बताए ।

Advertisement

Advertisement