बैंकहरुले हौसियर लगानी गर्दा तरलता समस्या आयोः ढुंगाना, ४-१२ तत्काल संशोधन नहुने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुंगानाले बैंकहरु हौसियर लगानी गर्दा बजारमा तरलताको अभाव सिर्जना भएको बताएकी छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले अहिलेको अवस्था तरलता संकुचन मात्रै हो भन्दै यसलाई संकट भन्न नमिल्ने बताइन् । 

ढुंगानाले भनिन, ‘अहिलेको स्थिति भनेको तरलतामा संकुचनको अवस्था हो । तरलता संकट भन्न मिल्दैन् । धेरै चिन्ता लिनुपर्ने अवस्था छैन् । बैंकहरुले हौसियर लगानी गर्दा यो समस्या सिर्जना भएको हो । संयमित भएर लगानी गरेको भए यो समस्या आउँथेन् ।’

Advertisement

तरलताको अभाव बढ्न नदिन राष्ट्र बैंकले सबै उपाय अपनाएको बताउँदै उनले तर कर्जा तथा निक्षेप (सीडी) रेसिया गणनाको अहिलेको प्रणाली संशोधन नहुने बताइन् । ढुंगानाले सीडी रेसियो कायम नगरेर सीसीडी रेसियो नै कायम गरेको भए अहिले धेरै बैंक वित्तीय संस्थाहरु संकट परिसक्ने थिए भनिन् ।  

डेपुटी गभर्नर ढुंगानाले तरलता संकटको मुख्य कारण आयातमा भएको उच्च वृद्धि हो भनिन् । आयातका नाममा बैंकिङ क्षेत्रको ठूलो रकम लगानी हुँदा विदेशी मुद्राको संचितिमा चाप परेको बताउँदै उनले बिलासिताका बस्तुहरुको आयातमा रोक लगाउन विभिन्न निकायसँग कुराकानी भइरहेको पनि बताइन् । 

ढुंगानाले भनिन, ‘विदेशी मुद्राको संचिति घट्ने बित्तिकै त्यसको प्रभाव लिक्विडिटिमा हुन्छ । बैंक डिपोजिट पनि त्यही हो । अर्कोतर्फ सरकारी खर्चमा पनि अपेक्षित प्रगति भएको छैन् । पुँजीगत खर्च जम्मा छ प्रतिशत मात्रै भएकोले पनि त्यसको असर परेको हो । त्यस्तै, कोभिड प्रभावितहरुको रिपेमेन्ट माघबाट मात्रै सुरु हुने भएकाले पनि अहिले बजारमा पैसा कम भएको हो । पैसा आएको छैन् ऋण मात्रै गएको छ भने त समस्या देखिनै नै भयो ।’

दात्री राष्ट्र र निकायबाट आउनुपर्ने ऋण तथा अनुदान अपेक्षाअनुसार आउन नसक्दा पनि त्यसको असर वित्तीय बजारमा परेको छ । यस आर्थिक बर्षमा अनुदान ५९ अर्ब र सहुलियत ऋण करिव दुई खर्ब रुपियाँको प्रतिवद्धता भए पनि अहिलेसम्म करिव नौ अर्ब ऋण र ११ अर्ब अनुदान मात्रै सरकारी खातामा आएको राष्ट्र बैंकको भनाई छ । अमेरिकी संस्था एमसीसी अनुदानमा ढिलाई भएकाले दाताले प्रतिवद्धताअनुसारको रकम डिस्बर्समेन्ट गर्न ढिलाई गरेको कतिपयको तर्क छ । 

उनले निक्षेपको अनुपातको कर्जा धेरै दिने कुरा बैंकहरुको कमजोरी भएको बताइन् । ढुंगानाले चालु आर्थिक बर्षको मंसिर अन्तिम साता अघिसम्म जम्मा ६४ अर्ब निक्षेप आएकोमा चार खर्ब ११ अर्ब रुपियाँ कर्जा प्रवाह भएको छ । बैंकहरुले घाँडी हेरेर हाड निल्नुपर्नेमा हौसियर लगानी गरेको भन्दै भनिन, ‘एसेट्र्ट–लायवलिटिको मिसम्याच भएको छ छैन भनेर हेर्नुपर्ने हो । सन्तुलन कायम हुनुपर्यो । अल्पकालिन खालको डिपोजिट लिएर दीर्घकालिन खालको लगानी गर्ने प्रवृत्तिले पनि अप्ठ्यारो परेको हो ।’

बासेलको कोर प्रिन्सिपलअनुसार पनि बैंकहरुले ‘इमर्जेन्सी कन्टिन्जेन्सी लिम्विडिटि प्लान’ बनाउनुपर्नेमा कसैले पनि त्यस्तो प्लान बनाएको नदेखिएको उनले बताइन् । ढुंगानाले भनिन्, ‘अरुका कारण हुने समस्यामा बैंकहरुलाई दोष दिने कुरा त हुँदैन् । तर आफूले गर्नुपर्ने कुरा त पूरा गर्नुपर्यो नि ।’

बैंकहरुले छिटो नाफा गर्ने नाममा इम्र्पोट फाइनान्सिङलाई प्रशय दिएको उनको तर्क छ । ढुंगानाले भनिन, ‘नेपाली र नेपालीलाई आवश्यकै नभएका सामानहरु पनि डिपार्टमेन्टल स्टोरहरुमा देखिन्छ । स्वदेशमा उत्पादित सामान खासै देखिन्न । राम्रो देख्यो कि किनिहाल्ने हाम्रो उपभोक्ता छन् । वास्तविक आवश्यकता हो कि होइन् भन्ने नै छैन् । उत्पादन गर्नेतर्फ मानिसहरुको ध्यान जानै छोड्यो । सबै उपभोक्तामुखी । पहिला कुल ग्राहस्थ उत्पादनमा ४०–५० प्रतिशतको योगदान थियो । खासै आयात गर्नुपर्दैन्थयो । अहिले घटेर २५ प्रतिशत भएको छ । यो तरिकाले गयो भने त कसरी मुलुकको संवृद्धि हुन्छ ? यसका लागि त सबै जिम्मेवार हुनुपर्यो । हरेक कुरामा नियामकले दबाब दिनैपर्ने, निर्देशन दिनै पर्ने कुरा पनि राम्रो होइन् ।’

तरलता सहज बनाउन राष्ट्र बैंकले आवश्यकता अनुसार रिपो जारी गर्नुका साथै विदेशी ऋण सोझै ल्याउन पाउने व्यवस्था गरेको छ, २३ खर्ब रुपियाँको एसएलएफ दिइसक्यो, ओभरनाइट रिपो पनि दिइरहेको छ, आउटराइट पर्चेज भनेर बैंकहरुसँग भएको सुरक्षण खरीद गरेर पैसा छोडेको छ भन्दै उनले बैंकहरुले संयम भएर लगानी गर्न नसकेको बताइन् । शेयर बजारमा भएको लगानीमा क्याप लगाउनु लागू गरिएको ४–१२ को नीति पनि राष्ट्र बैंकले तत्काल संशोधन नगर्ने भएको छ । ढुंगानाले बजारमा तरलता अभाव कायम रहेको अवस्थामा यस नीतिमा संशोधन हुने तत्काल कुनै संभावना नरहेको बताएकी हुन् । उनले भनिन, ‘बैंकले उत्पादनमूलक क्षेत्रमा नै लगानी गर्न नसक्ने अवस्था छ । यस अवस्थामा ४–१२ को नीतिमा कुनै हेरफेर हुँदैन् । 

Advertisement

Advertisement