Advertisement

काठमाडौं । शेयर बजारका जानकार छोटेलाल रौनियारले लाखौं जनता आवद्ध रहेको शेयर बजारको संवेदनशीलताप्रति दल र नेताहरु संवेदनशील हुन नसकेको गुनासो गरेका छन् । 

कर्पोरेट नेपालसँगको भिडियो कुराकानीमा उनले जस्ले पायो त्यही नेताले बोल्दै हिंड्ने कुरा नमिल्ने बताएका छन् । रौनियारले भने, ‘पुँजीबजारबारे जानकारी छैन भने त्यो विषयमा नेताजीहरुले नबोल्दिए राम्रो हुन्थ्यो । बोल्ने मात्रै कहाँ होर, यसलाई एडीबी, वर्ल्ड बैंक, आईएमएफसम्म जोड्नुभयो । उहाँ (प्रचण्ड)ले माक्र्सवाद र लेलिनवादको कुरा पनि जोड्नुभयो । के माक्र्स र लेलिनको समयमा शेयर बजार थियो र ? उहाँले बुझिदिनु पर्यो के बोलिरहेको छु ? कहाँ जोडिरहेको छु ?’

Advertisement

उनले नेतादेखि नियामक निकाय शेयर बजारमा सुधारमा बाधक बनेको औंल्याएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजी बजार साम्राज्यवादको रुप भएको बताएपछि लगानीकर्ताहरुले उनको चर्को आलोचना गरिरहेका छन् । 

रौनियारले ५१ वटा कम्पनीकोर रेड अर्डर लिष्ट निकाल्ने धितोपत्र बोर्डको निर्णयबाट नै शेयर बजारमा नकारात्मक प्रभाव सुरु भएको भन्दै पछिल्लो समयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि सोही पार्टीबाट अर्थमन्त्री भएका जनार्दन शर्मासम्मको नकारात्मक टिप्पणीको शिकार शेयर बजार भएको बताएका छन् । 

शेयर बजारमा आम मनोविज्ञान बलियो भइरहेको र बजार सकारात्मक गतिमा गइरहेको बेला ५१ वटा कम्पनीको रेर्ड अर्डर लिष्ट निकालेर नपुगेर नेपाल राष्ट्र बैंकले ४–१२ को क्याप लगाउने, सीसीडी रेसियोलाई बदलेर सीडी रेसियो कायम गर्ने कुराले बजारमा लगानीयोग्य पुँजीको अभाव, ऋण तिर्न भएको शेयर पनि बेच्नुपर्ने बाध्यता हुन पुग्नु, ब्याजदर बढ्नु जस्ता कुराको प्रत्यक्षको असर शेयर बजारमा पुगेको बताए ।

अहिले राजनीतिक दलका नेताबाट शेयर बजारबारे अनर्गल टिप्पणी गर्ने कुराप्रति रौनियारले आपत्ति जनाए । शेयर बजार घट्न थालेपछि केही लगानीकर्ताले आन्दोलन गर्ने, नो भोट अभियान चलाउने कुराले नेताहरुको पनि नकारात्मक टिप्पणी आउन थालेको उनले स्वीकार गरे । 

थप कुराकानी भिडियोमाः

Advertisement

Advertisement