शेखर गोल्छाले ७६ करोड भ्याट छलेको र विदेशमा लगानी गरेको सुवालको गम्भीर आरोप

Advertisement

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ७६ करोड रुपियाँ भ्याट छली गरेको गम्भीर आरोप लगाएका छन् । 

मंगलबार संसदमा बोल्ने क्रममा उनले एमसीसीको समर्थन गरेकोमा गोल्छाको आलोचना गर्दै गोल्छाले विदेशमा समेत रकम लुकाएको दावी गरे । एमसीसी सम्झौताबारे छलफल भइरहेको बेला गोल्छाले यो सम्झौता अनुमोदन गर्न नहुनेहरुको विचारलाई खोक्रो राष्ट्रवाद भनेकोमा सुवालले आपत्ति जनाएका थिए । गोल्छाले एमसीसीबारे बोल्न नमिल्ने उनको तर्क छ । 

Advertisement

सुवालले विदेशमा गैरकानुनीरुपमा रकम जम्मा गरेकाले उनीमाथि सम्पत्ति शुद्धीकरणसम्वन्धी अनुसन्धान हुनुपर्ने पनि बताए । महासंघसहित निजी क्षेत्रका संस्थाहरु एमसीसी पास गर्नुपर्ने पक्षमा देखिँदै आएका छन् । 

Advertisement

Advertisement