‘थर्ड करियर फेस्ट’ राष्ट्रिय सभागृहमा सुरु, शिक्षाको बजेट ७ प्रतिशत घटाएकोमा पूर्वअर्थमन्त्री रुष्ट

Advertisement

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आफूले शिक्षाका लागि १७ प्रतिशत बजेट विनियोजन गरेको भए पनि अहिले सो बजेट १० प्रतिशतमा सिमित गरेकोमा असन्तुष्टि पोखेका छन् । 

मंगलबारबाट राजधानीको राष्ट्रियसभा गृहमा सुरु भएको ‘थर्ड करियर फेस्ट’कार्यक्रममा उनले शिक्षामा बजेट कटौती गर्ने कुरा उचित नभएको बताए । पाण्डेले मुलुकको आर्थिक सामाजिक विकासको आधार शिक्षा भएको भन्दै यस क्षेत्रलाई सर्वसुलभ बनाउनु जरुरी रहेको बताए । 

Advertisement

उनले अहिले कूल सात खर्ब नोट छापिँदा काठमाडौंमा मात्रै ६० प्रतिशत नोट रहने गरेको बताउँदै राज्यको कुल रकममध्ये ५२ प्रतिशत काठमाडौंमा रहने अवस्था अन्त्य गर्न शिक्षा क्षेत्रले ठूलो फड्को मार्नु जरुरी रहेको बताए । 

त्यस्तै, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शाहले जम्मा तीन हजार पाँच सय रूपियाँ तलबमा आफ्नो करियर सुरु भएको स्मरण गर्दै १६ वर्षको उमेरमा आफूले ९ वटा विद्यालय परिवर्तन गरेको सुनाए ।

करियर एजुकेसन प्राइभेट लिमिटेडका संस्थापक विशाल केसी तथा शिव दनाई, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ, गायक अल्मोडा राणा उप्रेती तथा टेक्सास कलेजका प्रशासक दीपक बास्तोला पनि सो कार्यक्रममा सहभागी थिए । 

Advertisement

Advertisement