भृकुटीमण्डपमा जुत्ता चप्पलको वृहत मेला सुरु, नयाँ र आकर्षक मोडलहरु, विशेष छुट अफर

Advertisement

काठमाडौं । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जुत्ता चप्पलको वृहत मेला सुरु भएको छ । आज मंगलबारबाट सुरु भएको यस प्रदर्शनीमा नाम चलेका भेराइटी, ब्लयुचिप, प्राइड, बोस, फुटस्टेप, बेम्बो, एस लेदर जस्ता ब्राण्डहरु सहभागी छन् ।

ग्राहकहरुको उच्च मागका कारण आफूहरुले भृकुटीमण्डपमा जुत्ता चप्पल मेला सुरु गरिएको आयोजकको भनाई छ । दुई हजारभन्दा बढी आधुनिक मोडलका जुत्ता चप्पल रहेको यस मेलामा ग्राहकलाई छ महिनाको वारेन्टीका साथै भारी छुटको पनि व्यवस्था गरिएको छ । 

Advertisement

नेपालमै अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय जुत्ता चप्पल सुपथ मूल्यमा पाउने भएकाले ग्राहकको निकै आकर्षण बढेको आयोजकमध्येका एक सविन कार्कीले जानकारी दिए । उनले पहिलो दिनमै उपभोक्ताको निकै धेरै आकर्षण देखिएको बताए । मेलामा जाडो मौसमलाई लक्षित गरेर सुरु गरिएको यस मेलामा बच्चाबच्चीदेखि वृद्धसम्म, पार्टी शुदेखि पार्टी शु, लेडिज र जेन्स सबैका लागि उपयोगी जुत्ता चप्पलहरु राखिएका छन् । 
 

Advertisement

Advertisement