हाम्रो विजुली भारतलाई बेच्ने होइन, यहीं विद्युतीय रेल र गाडी चलाउने होः प्रेम सुवाल

Advertisement

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौतालाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको टिप्पणी गरेका छन् । 

एमाले अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको दोहोर्याएका हु्न । सुवालले नेपाल र अमेरिकाबीचको एमसीसी सम्झौतामा भारतको गोरखपुरसम्म विद्युत प्रशारण लाइन तान्ने कुरा कहाँबाट आयो ? भन्दै सरकारसँग प्रश्न समेत गरे । 

Advertisement

उनले नेपालको विद्युत नेपाललाई आवश्यक रहेको र त्यसले नेपालमा विद्युतबाट चल्ने रेल र विद्युतीय सवारी साधन संचालन गर्न सरकारसँग माग पनि गरे । सांसद सुवालले भने,  ‘नेपालको विजुली भनेको नेपाललाई नै चाहिन्छ । एमसीसी सम्झौंता भनेको नेपालको विजुली भारतहुँदै सिंगापुर लाने हो । एमसीसी सम्झौंताको अनुसूची ५ (क) मा गोरखपुरसम्म प्रशारण लाइन तान्ने उल्लेख छ । अमेरिका र नेपालको सम्झौंतामा गोरखपुरसम्म विजुलीका लाइन तान्ने कहाँबाट आयो ? कुनै पनि देशभक्त नेपालीले यो देशघाती एमसीसी सम्झौंतालाई समर्थन गर्न सक्दैनन् । एमसीसी समर्थन गर्नेहरु देशघाती र देशद्रोही नै हुन । यसमा कुनै फरकै छैन । यो विषयमा सदन र सरकारको ध्यान जाओस् ।’

सांसद सुवालले एमसीसीको विषयमा सरकार र सदनले विशेष ध्यान दिनुपर्ने बताए । उनले एमालेले अवरोध गरिरहेका बेला संसद बैठक सूचारु गराउन नहुने अडान पनि दोहो¥याए । सुवालले लामो समयदेखि एमसीसी सम्झौता नेपालको हितमा नरहेको भन्दै यसको विरोध गर्दै आएका छन् । 

Advertisement

Advertisement