‘तरलता समस्याले अर्थतन्त्र फेरि सुस्तायोः गोल्छा, ‘व्यवसायीका समस्याप्रति सरकार उदासिन भयो’

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रको समस्या समाधान गर्न तदारुकता नदेखाएको गुनासो गरेका छन् । 

सोमबार बस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्न आयोजित कार्यक्रममा उनले सबै नेताहरुले निजी क्षेत्रको सहभागिता विना देश समृद्ध नहुने बताए पनि समस्या समाधान गर्न भने तदारुकता नदेखाएको बताए । 

Advertisement

गोल्छाले महासंघले तयार परेको भिजन पेपरमा निजी क्षेत्रसँग सम्बन्धित एक सय वटा समस्याहरु पहिचान भएको बताउँदै ती समस्या समाधान भए मुलुकभित्र लगानीको वातावराण बन्ने दावी पनि गरे । उनले भिजन पेपरमा पहिचान भएका समस्यामध्ये आफ्नो कार्यकालमा ४४ वटा समस्या समाधान गर्ने गरी काम अगाडि बढाएको बताए । तीमध्ये १४ वटा कानुनसँग सम्बन्धित रहेको गोल्छाको भनाई छ । 

उनले हाल बैंक तथा वित्तिय संस्थामा देखिएको तरलता अभावका कारण लयमा फर्किन थालेको अर्थतन्त्र फेरि सुस्ताउँदै गएको बताए । अहिले देखिएको तरलता अभाव हटाउन सरोकारवाला सबैसँग छलफल अगाडि बढाइएको पनि गोल्छाले जानकारी दिए । 

यस्तै, उनले कोरानाको कारण थला परेको व्यापार, मनोरञ्जन, पर्यटन, साना तथा मझौला उद्योगलाई कसरी सहजीकरण गर्ने ? भन्नेबारे अर्थ मन्त्रालयलाई आग्रह गरिएको समेत बताए । 

Advertisement

Advertisement